Skip This
ग्याँस सिलिन्डर विस्फोटबाट घरगोठ जलेर नष्ट, एक हल गोरु र सातवटा बाख्रा मरे
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १४ बुधबार
  • Friday, 30 May, 2025
२o८२ जेठ १४ बुधबार २२:३३:oo
Read Time : < 1 मिनेट
समाचार

ग्याँस सिलिन्डर विस्फोटबाट घरगोठ जलेर नष्ट, एक हल गोरु र सातवटा बाख्रा मरे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १४ बुधबार २२:३३:oo

मकवानपुरको मनहरी गाउँपालिकामा ग्याँस सिलिन्डर विस्फोट भएर आगलागी हुँदा घरगोठ जलर नष्ट भएको छ । आगलागीबाट करिब आठ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

प्रहरीका अनुसार मनहरी गाउँपालिका–२ टाँडीस्थित सुरेन्द्र राईको गोठमा ग्याँस सिलिन्डर विस्फोट भएर आगलागी भएको हो । राईको भान्सामा राखिएको ग्याँस सिलिन्डर एक्कासी पड्किएर आगलागी भएको थियो । आगलागीका कारण राईको गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ । आगलागीबाट कुनै मानवीय क्षति भने नभएको बताइएको छ ।

यस्तै, आगलागीबाट गोठसँगै रहेका एक हल गोरु, सातवटा बाख्रा, भान्सामा रहेका सम्पूर्ण भाँडाकुँडा, लत्ताकपडा र काठदाउरा समेत जलेर नष्ट भएको छ । आगलागी भएको जानकारी पाए लगत्तै पुगेको सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो निभाइएको थियो । आगलागीबाट घरगोठ पूर्णरुपमा जलेर नष्ट भएपछि राईको परिवार अहिले खुला आकाशमुनि बस्न बाध्य भएको छ ।