Skip This
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट आज पनि ‘हेर्दाहेर्दै’मा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ८ बिहीबार
  • Thursday, 22 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ८ बिहीबार १७:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट आज पनि ‘हेर्दाहेर्दै’मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ८ बिहीबार १७:३४:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट आज बिहीबार पनि ‘हेर्दाहेर्दै’मा राखिएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको हो। उक्त रिटमा गत मंगलबारदेखि सुनुवाइ जारी छ।

गैरकानुनी रूपमा पक्राउ गरिएको भन्दै लामिछानेले पत्नी निकिता पौडेलमार्फत गत ७ वैशाखमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको थियो।