Skip This
पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 22 May, 2025
Invalid date format १३:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:२६:oo

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका कारण स्थानान्तरणको मारमा परेको प्याराग्लाइडिङ व्यवसाय पछिल्लो समय बिस्तारै चलायमान हुन थालेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण  र नेपाल हवाई खेलकुद संस्थाको सहकार्यमा प्याराग्लाइडिङको समय डेढ घण्टा थप्नुका साथै यसअघि हुँदै आएको खपौदीमा अवतरण गर्ने निर्णयले आशा जगाएको हो। 

पुरानै ठाउँमा अवतरण समय थप्ने निर्णयले पोखरालाई विश्वस्तरीय प्याराग्लाइडिङ गन्तव्यका रूपमा स्थापित गर्न सकिने अपेक्षा व्यवसायी र प्यारापाइलटले गरेका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि सुरक्षाको कारण देखाउँदै सराङकोट र तोरीपानीबाट उडान हुने प्याराग्लाइडिङलाई मान्द्रेढुंगा स्थानान्तरण गरिएको थियो भने पामेमा अवतरण हुँदै आएको थियो। सोही कारण प्याराग्लाइडिङ व्यवसाय स्थिरजस्तो बन्नुका साथै व्यवसायीलाई चुनौती थपेको थियो।  

अब भने सरागडकोट तोरीपानीको बाहाकोट उडान (टेक अफ) गरेर खपौदी, (इन्ड अफ लेक) मा पूर्ववत् स्थानमा अवतरण हुने निर्णय भएको नाका अध्यक्ष अनिल केसीले जानकारी दिए। उनका अनुसार बिहान ११ बजेदेखि साँझ ४:३० बजेसम्म प्याराग्लाइडिङ सेवा सञ्चालन हुने भएको छ ।

योसँगै पर्यटक र पाइलटलाई फेवाताल र अन्नपूर्ण हिमशृंखलाको मनोरम दृश्यको आनन्द लिन थप समय प्रदान गर्ने जनाउँदै नाका अध्यक्ष केसीले भने, ‘यो समय विस्तारले उडान संख्या बढाउन र पर्यटकको अनुभवलाई अझ रोमाञ्चक बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’ पोखरा महानगरपालिका प्रमुख प्रमुख धनराज आचार्यले पोखरा भ्रमण वर्ष– २०२५ सञ्चालन भइरहेको सन्दर्भसँगै भएको यो निर्णयले पोखराको साहसिक गतिविधिमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।