Skip This
पोखरा विमानस्थल भ्रष्टाचारबारे अनुसन्धान गर्न अख्तियारलाई लेखा समितिको निर्देशन
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 22 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पोखरा विमानस्थल भ्रष्टाचारबारे अनुसन्धान गर्न अख्तियारलाई लेखा समितिको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:o९:oo

संसद्को सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भएकाे भ्रष्टाचारबारे आवश्यक कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिने निर्णय गरेको छ।

आज बुधबार दिउँसो १ बजेदेखि करिब ६ घण्टा बसेको समितिको बैठकमा सबै सदस्यहरूले आजै अख्तियारमा लेखी पठाउनुपर्ने बताएपछि सभापति ऋषिकेश पोखरेलले निर्णयसहित उपसमितिकाे प्रतिवेदन पठाएका हुन्।

विमानस्थलबारे अध्ययनका लागि समितिले गठन गरेको उपसमितिले पोखरा विमानस्थलमा १० अर्बभन्दा बढी भ्रष्टाचार भएको प्रारम्भिक निष्कर्ष निकालेको छ। अब अख्तियारले आवश्यक अनुसन्धान गरी थप कारबाही प्रक्रिया अघि बढाउनेछ।