Skip This
असिनापानीले तरकारी बालीमा क्षति 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ७ बुधबार
  • Wednesday, 21 May, 2025
२o८२ जेठ ७ बुधबार १५:o३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

असिनापानीले तरकारी बालीमा क्षति 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ७ बुधबार १५:o३:oo

सल्यानको कपुरकोट गाउँपालिकाका विभिन्न वडामा बुधबार बिहान परेको असिनापानीले एक हजार रोपनी क्षेलफलमा लगाएको बेमौसमी तरकारीमा क्षति पुर्‍याएको छ । वर्षासँगै परेको असिनाले  वडा १, २ र ५ मा बढी क्षति गरेको गाउँपालिकाले जनाएको छ । किसानले लगाएको फल्न थालेको तरकारी बोट र रोप्नका लागि राखेको ब्याडमा क्षति पुर्‍याएको गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले बताए । 

भण्डारीले असिनाले तीन वडाका झन्डै एक हजार रोपनी जग्गामा किसानले लगाएको तरकारीमा क्षति पुगेको बताए। फल्न थालेको बेमौसमी तरकारीमा क्षति पुर्‍याएपछि स्थलगत अध्ययन र क्षतिको विवरण संकलनको तयारी भइरहेको उनको भनाइ छ । कति रकमबराबरको क्षति भयो भन्ने कुरा स्थलगत अध्ययनबाट मात्र थाहा हुने भण्डारीको भनाइ छ ।

आयस्रोतको मुख्य माध्यमको रूपमा रहेको तरकारी बाली नष्ट भएपछि कसरी जीविकोपार्जन गर्ने भन्दै किसान चिन्तित भएका छन् । वर्षासँगै परेको असिनाले आफूले १० रोपनी जग्गामा लगाएको काउली नष्ट भएको कपुरकोट गाउँपालिका– ५ सल्लामका प्रदीप बस्नेतले बताए । असिनाकै कारण पातहरू सबै सकिएपछि बारीमा काउलीका डाँठ मात्र रहेका र फलसमेत काम नलाग्ने भएका उनको भनाइ छ । उनले भने, ‘काउली, बन्दा बिक्री गरेर वार्षिक १० लाखसम्म कमाउँदै आएको थिएँ । त्यसले घरखर्च चलाउन धेरै सहज भएको थियो । असिनाले बाली सबै सखाप पारेपछि परिवार कसरी पाल्ने भन्ने चिन्ताले सताएको छ ।’ 

असिनाले आफ्नो बारीमा फल्न थालेको टमाटर, भेडेखुर्सानी, सिमी, बोडीलगायतका सबै तरकारीमा क्षति पुर्‍याएको वडा नं. १ सारपानीका किसान उजरसिंह पुनले बताए।असिनाले गर्दा कुनै बोट ठाडो नरहेका, बिचैबाट भाँचिएका र फल, फूल सबै सखाप भएका जानकारी दिए। कपुरकोट गाउँपालिका बेमौसमी तरकारीका लागि देशभरि चिनिन्छ । पालिकाका चार हजारभन्दा बढी किसान बेमौसमी तरकारी खेतीमा लाग्दै आएका छन्। किसानको मुख्य आयस्रोतको माध्यम नै तरकारी हो ।