Skip This
सगरमाथा आरोही सशस्त्र प्रहरी नायब निरीक्षक छत्यालको बढुवा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ७ बुधबार
  • Wednesday, 21 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ७ बुधबार २o:३५:oo
Read Time : < 1 मिनेट
समाचार

सगरमाथा आरोही सशस्त्र प्रहरी नायब निरीक्षक छत्यालको बढुवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ७ बुधबार २o:३५:oo

सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी फिर्ता भएका सशस्त्र प्रहरी नायब निरीक्षक दन्तबहादुर छत्यालको विशेष बढुवा भएको छ। सगरमाथाको सफल आरोहण गरी साहसिक कार्य गरेबापत सशस्त्र प्रहरी बल, नेपालले उनलाई सशस्त्र प्रहरी सहायक निरीक्षकबाट सशस्त्र प्रहरी नायब निरीक्षक पदमा बढुवा गरेको हो। 

उनी बुधबार काठमाडौं फर्किएका हुन्।  

सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक सुरेशकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपाल नं. २० विपत् उद्धार गण सिनामंगल काठमाडौंमा बुधबार सशस्त्र प्रहरी नायब निरीक्षक छत्यालको स्वागत गर्नुका साथै सफल आरोहणको हार्दिक बधाईसमेत दिए। 

 जेठ ४ गते बिहान ९ः२० बजे उनले सगरमाथाको चुचुरोमा ‘सगरमाथा संवाद’ र सशस्त्र प्रहरी बल नेपालको झन्डा फहराएका थिए। सशस्त्र प्रहरी नायब निरीक्षक छत्याल सगरमाथा आरोहण लागि वैशाख १५ गते त्यसतर्फ प्रस्थान गरेका थिए।