Skip This
चितवनलाई पर्यटकीय राजधानी घोषणा गर्न माग
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ७ बुधबार
  • Wednesday, 21 May, 2025
२o८२ जेठ ७ बुधबार १३:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चितवनलाई पर्यटकीय राजधानी घोषणा गर्न माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ७ बुधबार १३:२१:oo

चितवनलाई पर्यटकीय राजधानी बनाउन माग गरिएको छ। जिल्ला समन्वय समितिको अगुवाइमा यहाँका सात पालिकाले जिल्लालाई पर्यटकीय राजधानी बनाउन आग्रह गरेका हुन् ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीका अनुसार सात पालिका र सरोकारवालाको बैठकले जिल्लालाई पर्यटकीय राजधानी बनाउन अनुरोध गरेसँगै आफूले पहल थालेको जानकारी दिए। उनले भने, ‘आज हामी बागमती प्रदेशका मुख्यमन्त्रीलाई औपचारिक रूपमा आग्रह गर्दै छौँ ।’ जिल्लाका सात पालिकाका प्रमुख एवं प्रतिनिधि, निजी क्षेत्र, पर्यटन व्यवसायी, पर्यटनविज्ञ तथा सरोकारवालाले बागमती प्रदेश सरकारलाई पर्यटकीय राजधानी घोषणाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सफारी पर्यटनको दृष्टिले  विश्वकै उत्कृष्ट गन्तव्य चितवन पर्यटकीय राजधानीका लागि उपयुक्त हुने बताइन्। भरतपुर महानगरपालिकाले गत वर्षलाई भ्रमण वर्ष २०२४ को रूपमा मनाएको थियो ।

रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाले चितवन सबैभन्दा धेरै पर्यटकीय गतिविधि हुने जिल्ला भएको बताए । चितवन राष्ट्रिय निकुञ्जमा रहेको जैविक विविधता, दुर्लभ वन्यजन्तुको अवलोकन, अध्ययन तथा अनुसन्धानका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटक यहाँ आउने गरेको उनी बताउँछन् । सरकारको १०० गन्तव्यमा २० हजार ताल, पटिहानी र सोमेश्वर गढी सूचीकृत छन् भने उत्कृष्ट गन्तव्यमा मेघौलीलाई समावेश गरिएको छ । 

पर्यटनविज्ञ विश्वराज सुवेदीले पर्यटनको राजधानीका लागि प्रकृति, सांस्कृतिक, धार्मिक र साहसिक पर्यटकीय गन्तव्य, सहज पहुँच, पर्याप्त आवास सुविधा, पर्यटक सूचना केन्द्र तथा आवश्यक पूर्वाधार भएकाले पर्यटकीय राजधानी घोषणा गर्न योग्य रहेको बताए।