Skip This
यसपालिको मनसुनमा सरदरभन्दा धेरै वर्षाको आकलन : कुन ठाउँमा बढी वर्षा हुने ?
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 21 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १२:३२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

यसपालिको मनसुनमा सरदरभन्दा धेरै वर्षाको आकलन : कुन ठाउँमा बढी वर्षा हुने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १२:३२:oo

यसपालिको मनसुन सिजनमा सरदरभन्दा बढी वर्षा हुने आकलन जल तथा मौसम विज्ञान विभागले गरेको छ।विभागका वरिष्ठ मौसमविद् विभूति पोखरेलले चार महिनाको मनसुन सिजनमा सरदरभन्दा बढी वर्षा र अधिकतम, न्यूनतम दुवै तापक्रम पनि बढी हुने देखिएको बुधबार काठमाडौंमा मनसुन आउटलुक फोरम कार्यक्रममा बताइन्।

तर, सिजनभर सरदरभन्दा बढी वर्षा भने पनि कुनै ठाउँमा धेरै, कुनै ठाउँमा सरदर वर्षा हुन सक्ने र वेलावेला मनसुन ब्रेकको पनि सम्भावना रहेको उनले बताइन्। उनका अनुसार कर्णालीको पूर्वी, लुम्बिनीको उत्तरी र गण्डकीका अधिकांश भूभागमा सरदरभन्दा धेरै वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ।

सुदूरपश्चिमका तराई, लुम्बिनीका पश्चिम तराई, गण्डकीको उत्तर, पूर्वी भूभाग, बागमती र कोशीका उत्तरी भूभागमा पनि सरदरभन्दा धेरै वर्षा हुने आकलन छ। तर, मधेशका पूर्वी र दक्षिणी भेगमा सरदरभन्दा बढी वर्षाको सम्भावना ३५ देखि ४५ प्रतिशत छ।