Skip This
साइबर क्राइम मुद्दामा शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरी पक्राउ
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ६ मंगलबार
  • Tuesday, 20 May, 2025
२o८२ जेठ ६ मंगलबार १९:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

साइबर क्राइम मुद्दामा शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरी पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ६ मंगलबार १९:२७:oo

विद्युतीय अपराध (साइबर क्राइम) मुद्दामा कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश चौधरी पक्राउ परेका छन्।

बलात्कृत युवती तथा परिवारको गोपनीयता सार्वजनिक गरेको अभियोगमा चौधरीविरुद्ध रुपन्देही जिल्ला अदालतबाट १ जेठमा पक्राउ पुर्जी जारी भएको थियो।

पक्राउ पुर्जी जारी भएलगत्तै फरार रहेका चौधरी मंगलबार आफैँ प्रहरी कार्यालयमा हाजिर भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरज कार्कीले जानकारी दिए।

चौधरी लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)बाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्। चौधरीलाई पक्राउ गरेर बुझाउन इलाका प्रहरी कार्यालय बुटवलले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई सोमबार पत्राचार गरेको थियो।