Skip This
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट ‘हेर्दाहेर्दै’मा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 20 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट ‘हेर्दाहेर्दै’मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:oo:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट ‘हेर्दाहेर्दै’मा राखिएको छ।

मंगलबार न्यायाधीशहरू डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइ भएको थियो। सुनुवाइ  नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको हो।

लामिछानेलाई गैरकानुनी रूपमा पक्राउ गरिएको भन्दै उनकी पत्नी निकिता पौडेलले गत ७ वैशाखमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएकी थिइन्।

यसअघि ६ पटकसम्म ‘हेर्न नमिल्ने’मा परेपछि सर्वोच्चले ‘हेर्न मिल्ने’ न्यायाधीशबिच मात्र गोलाप्रथा गर्न आदेश दिएको थियो।