Skip This
नुनमा आयोडिनको मात्रा अनुसन्धान गर्न माग
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 20 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:३४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नुनमा आयोडिनको मात्रा अनुसन्धान गर्न माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:३४:oo

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बजारमा नुनमा आयोडिनको मात्रा धेरै भएको चर्चा चलेको भन्दै अनुसन्धान गरेर सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् । सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र साल्ट ट्रेडिङ कर्पोरेसनको संयुक्त आयोजनामा भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागका सिनियर पब्लिक हेल्थ अफिसर दीपक झाले विदेशी अनुदान रोकिँदा नुनमा आयोडिनको मात्राबारे अनुसन्धान कार्य रोकिएको जानकारी दिए ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उपभोक्ता सुरक्षाका लागि सरकारले नियमित रूपमा बजार अनुगमन गर्ने र दोषीलाई कारबाही गर्ने काम गरिरहेको बताए ।