१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ५ सोमबार
  • Monday, 19 May, 2025
२o८२ जेठ ५ सोमबार १o:४o:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

ग्लोबल छनोटमा स्थान बनाउन नेपाललाई ११५ रनको लक्ष्य 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ५ सोमबार १o:४o:oo

आइसिसी महिला टी– २० विश्वकप एसिया छनोटअन्तर्गत सुपर– ३ मा युएईले नेपाललाई ११५ रनको लक्ष्य प्रस्तुत गरेको छ। थाइल्यान्डको टेर्डथाई क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ११४ रनकाे लक्ष्य दिएको हो। 
 
युएईका लागि कप्तान इशा ओजाले सर्वाधिक ३९ रन बनाइन्। तीर्थ सतिशले २१, हिना होटचन्दनीले २० र लाभन्या केनीले १२ रन बनाए। नेपालका लागि मनीषा उपाध्यायले चार, कविता कुँवरले दुई तथा राजमती ऐरीले एक विकेट लिए।

यो खेलमा जित निकाल्ने टोलीले आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ । त्यसैले दुवै टोली जित्नैपर्ने दबाबमा छन्।