१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 18 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o८:o३:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

गोदावरी मेयर कप : काठमाडौं लगातार च्याम्पियन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o८:o३:oo

काठमाडौं महानगरपालिकाले उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कपको उपाधि रक्षा गरेको छ । गोदावरी– १० टाहाखेलस्थित निर्माणाधीन गोदावरी बहुउद्देश्यीय रंगशालामा काठमाडौंले आयोजक गोदावरी नगरपालिकालाई सडनडेथमा ८–७ ले निराश बनायो ।

निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । प्रतियोगिताको विजेता काठमाडौंले पाँच लाख र उपविजेता गोदावरीले तीन लाख रुपैयाँसहित ट्रफी प्राप्त गरे । सेमिफाइनलमा काठमाडौंले कीर्तिपुर नगरपालिकालाई ३–० तथा गोदावरीले दक्षिणकाली नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गरेका थिए । 

यसैगरी, काठमाडौंले समूह चरणमा चाँगुनारायण नगरपालिकालाई ५–० र मध्यपुरथिमि नगरपालिकालाई १–० ले हराएको थियो । यता समूह चरणमा  महालक्ष्मी नगरपालिकालाई ६–१ ले तथा बागमती गाउँपालिकालाई ७–० ले हराएको गोदावरीले ललितपुर महानगरपालिकासँग १–१ को बराबरी खेलेको थियो । प्रतियोगितामा काठमाडौं उत्यकाका १३ पालिकाको सहभागिता थियो ।