१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 17 May, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १६:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मोरङबाट एकैदिन २१ जना ब्राउनसुगरसहित पक्राउ

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १६:oo:oo

मोरङबाट एकै दिन २० जना लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन्। मोरङको रतुवामाई र उर्लाबारीबाट २ जेठ शुक्रबार लागुऔषध ब्राउनसुगरसहित २० जना पक्राउ परेका हुन्। 

स्थानीय प्रहरी र कोशी प्रदेशको लागुऔषध ब्युरोले साना नाकाहरूबाट भारतीय सीमा क्षेत्रमा गएर  ब्राउनसुगर सेवन गरी खरिद गरेर फर्कने गरेको सूचना प्राप्त गरेपछि चेकजाँचका क्रममा मोरङ रतुवामाई नगरपालिका–२ बाट १७ जनालाई र उर्लाबारी नगरपालिका–४ बाट २० जनालाई ब्राउनसुगरसहित पक्राउ गरेको हो। उनीहरूको साथबाट प्रहरीले झन्डै ४० ग्रामबराबर ब्राउनसुगर बरामद गरेको जनाएको छ। 

कोशी प्रदेश प्रहरीका अनुसार चालू वर्ष ०८१/८२ को चैतसम्म १ केजी ८ सय ४० ग्राम ब्राउनसुगर बरामद गरेको छ। यसैगरी, विभिन्न लागुऔषध ओसारपसार आरोपमा चैतसम्ममा १५ सय १६ जना पक्राउ परिसकेका छन्। 

प्रहरीका अनुसार पहिले सस्तो मेडिकल ड्रग्सलाई लागुऔषधका रूपमा प्रयोग गर्दै आएका दुर्व्यसनीहरूले आजकल महँगो केमिकल ड्रग्स ब्राउन सुगर प्रयोग गर्न थालेका छन्।