
निजामती अस्पतालमा निजामती कर्मचारीलाई लक्षित गरी सन्ध्याकालीन सेवा सुरु हुने भएको छ । जेठ ४ गते आइतबारदेखि बेलुका ८ बजेसम्म यस्तो सेवा सञ्चालन गर्न लागिएको अस्पतालले शुक्रबार जारी गरेकाे सूचनामा उल्लेख छ ।
निजामती कर्मचारीहरूको गुनासोका आधारमा गत २२ वैशाखमा बसेको अस्पतालको बोर्ड बैठकले यससम्बन्धी निर्णय गरेको हो।