१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 17 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:३३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वाेच्चको आदेश 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:३३:oo

हिंसात्मक आन्दोलन गरेको आरोपमा थुनामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वाेच्च अदालतले आदेश दिएको छ। बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सर्वाेच्चले शुक्रबार यस्तो आदेश दिएको हो। उनलाई हाजिरी जमानीमा छाड्न भनिएको छ। 

सर्वाेच्च अदालतका न्यायाधीशहरू कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले थुनामुक्त गर्न आदेश दिएको हो। उनलाई हिरासतमै राख्नुपर्नेसम्मको अवस्था नदेखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको आदेश जारी भएको हो। 

गत १५ चैतमा राजतन्त्रको पक्षमा भएको आन्दोलनलाई हिंसात्मक बनाएको भन्दै प्रहरीले सोही दिन पक्राउ गरी उनलाई हिरासतमा राखेर अनुसन्धान गर्दै आएको छ ।  मिश्र ५० दिनदेखि हिरासतमा छन्।