१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 16 May, 2025
Invalid date format १३:२५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

हुन्डाई नेपालद्वारा बुटवल–भैरहवामा क्रेटा इभी सार्वजनिक, ३० भन्दा बढी बुकिङ र १० युनिट हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:२५:oo

नेपालमा हुन्डाई सवारीसाधनको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बुटवल–भैरहवा क्षेत्रमा नयाँ क्रेटा इभी सार्वजनिक गर्दै अन्तर्क्रिया कार्यक्रम मणिग्राममा सम्पन्न गरेको छ । सिद्धिविनायक मोटो कर्प प्रालि बुटवल र जगत मोटर्स प्रालि भैरहवाको संयुक्त आयोजनामा भएको कार्यक्रममा ३० भन्दा बढी क्रेटा इभी युनिटको बुकिङ भएको र १० युनिटको हस्तान्तरण गरिएको जगत मोटर्स प्रालिका सञ्चालक रिश्चल थापाले जानकारी दिए।

हुन्डाई गाडीप्रति ग्राहक वर्गको उल्लेखनीय उत्साह, विश्वास र सहभागिता अत्यन्त सकारात्मक रहेको जगत मोटर्सका सञ्चालक थापाले बताए । क्रेटा इभीको आगमनसँगै विद्युतीय सवारीप्रति देखिएको अन्योल हटाउँदै, हुन्डाईले ग्राहकहरूलाई अझ सजिलै निर्णय गर्न सहयोग गरेको छ। आइसिई र इभी मोडलहरू एउटै प्लाटफर्ममा आधारित भएकाले स्पेयर पार्टस्, सेवा सुविधा र दीर्घकालीन ब्रान्ड सपोर्टमा कुनै समस्या नहुने थापाले विश्वास व्यक्त गरे ।

लक्ष्मी हुन्डाईले रिल्याक्स चार्जिङ नेटवर्क विस्तार गर्दै हालसम्म देशभर ६६ डिसी र एसी चार्जिङ स्टेसन सञ्चालनमा ल्याइसकेको छ। यसले इभी अपनाउन चाहने ग्राहकहरूलाई थप सहजता प्रदान गर्ने कम्पनीको विश्वास छ। यसैक्रममा कम्पनीको उच्च व्यवस्थापन टोली देशभरका विभिन्न सहरमा डिलरहरूसँगको भेटघाट र अन्तर्क्रिया गर्दै हुन्डाई ब्रान्डप्रति जनविश्वास अभिवृद्धिमा सक्रिय रहँदै आएको छ।