
संखुवासभाको सिलिचोङ गाउँपालिका– २, बालामा एक घरमा आगलागी हुँदा १५ लाखको क्षति भएको छ । गएराति करिब ९ बजेतिर बालाका पेलुम्बा टोलका स्थानीय भक्तबहादुर कुलुङको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
जस्तापाताले छाएको दुईतले घर जलेर पूर्ण रूपमा नष्ट हुँदा १५ लाखबराबरको क्षति भएको प्रहरीले जनाएको छ।आगलागीबाट घरभित्र रहेको अन्नपात, लत्ताकपडा र महत्त्वपूर्ण कागजात जलेर नष्ट भएको जनाएको छ।
घरभित्रको अँगेनामाथिको सराङमा सुकाएको कोदोबाट आगो लाग्न सुरु भएको बुझिएको स्थानीय राजन मेवाहाङले बताए। आगलागीबाट मानवीय क्षति भने भएको छैन ।