१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 16 May, 2025
डिलाराम भुसाल कपिलवस्तु
Invalid date format o८:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मर्निङवाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट ज्यान गयो

Read Time : < 1 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
नयाँ पत्रिका
Invalid date format o८:४२:oo

कपिलवस्तुको बुद्धभूमि नगरपालिका– १, वसन्तपुरमा मर्निङवाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट ज्यान गएको छ। शुक्रबार बिहान करिब ५:४५ बजे पत्थरकोट–गोरुसिंगे सडकखण्डमा उक्त दुर्घटना भएको हो ।

पत्थरकोटबाट गोरुसिंगेतर्फ गइरहेको बिएबी ९५९९ नम्बरको कारले दुई महिलालाई ठक्कर दिएको प्रहरीले जनाएको छ । कारको ठक्करबाट गम्भीर घाइते भएका ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझीलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले  जानकारी दिए ।

कारचालक रुपन्देही, सैनामैना नगरपालिका– ५ निवासी ३२ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी तथा सुचना अधिकारी मोहनमणि अधिकारीले  बताएका छन् ।