Skip This
ओखलढुंगाका इन्जिनियर पाँच लाख ७० हजार घुससहित भक्तपुरबाट पक्राउ 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 16 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:o३:oo
Read Time : < 1 मिनेट
समाचार

ओखलढुंगाका इन्जिनियर पाँच लाख ७० हजार घुससहित भक्तपुरबाट पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:o३:oo

५ लाख ७० हजार घुससहित सघन सहरी तथा भवन निर्माण कार्यालय, ओखलढुंगाका इन्जिनियर पाँच लाख ७० हजार घुससहित भक्तपुरबाट पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर सन्तोषकुमार यादवलाई पक्राउ गरेको हो। 

खोटाङमा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानीका लागि उनले घुस मागेका हुन्। भक्तपुरको मध्यपुर ठिमी वडा नम्बर १ स्थित एक रेस्टुरेन्टमा भेटेर ठेकदारसँग घुस लिएलगत्तै अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो। 

महोत्तरीको भंगाहा- ३ स्थायी घर भई भक्तपुरको लोकन्थली बस्दै आएका इन्जिनियर यादवले घरनजिकैको रेस्टुरेन्टमा ठेकदारलाई बोलाएर घुस लिएका हुन्।