Skip This
कञ्चनपुरका सात वडा विपत् संकटग्रस्त क्षेत्र घोषणा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 15 May, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १७:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कञ्चनपुरका सात वडा विपत् संकटग्रस्त क्षेत्र घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १७:o८:oo

सरकारले महाकाली नदीमा विगत वर्षहरूको मनसुनका कारण सिर्जित जोखिम र आगामी मनसुनमा हुन सक्ने जलप्रवाहजन्य जोखिम भएका कञ्चनपुरका विभिन्न सात वडालाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।

आज सार्वजनिक भएको मन्त्रिपरिषद् बैठकका निर्णयमा कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ११, १२, १३ र दोधारा चाँदनी नगरपालिकाको वडा नम्बर ३, ८, ९, १० लाई तीन महिनाका लागि विपत् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो। गृह मन्त्रालयको सिफारिसका आधारमा उक्त घोषणा गरिएको हो।