Skip This
आयोजक गोदावरी उपाधि नजिक
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 14 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:४५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

आयोजक गोदावरी उपाधि नजिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:४५:oo

आयोजक गोदावरी नगरपालिका उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कपको फाइनलमा प्रवेश गरेको छ।

बुधबार गोदावरी–१० टाहाखेलस्थित निर्माणाधीन गोदावरी बहुउद्देश्यीय रंगशालामा गोलकिपर विवेक शिलवाल चम्किएपछि गोदावरीले दक्षिणकाली नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित ग¥यो। पेनाल्टीमा विवेकले दुई प्रहार बचाए। निर्धारित समयमा दुवै टोलीबाट २–२ गोल भएपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको हो।

पेनाल्टीमा गोदावरीका लागि पासाङ लामा, सुरज चित्रकार, सागर तामाङ र अरुण लामाले गोल गरेका थिए। आशिष शाहीको प्रहारलाई भने दक्षिणकालीका गोलकिपर हरिशंकर तामाङले बचाए। यता, दक्षिणकालीका लागि बिकी महर्जन, रिजन श्रेष्ठ र रोजन लामाले गोल गरे। कप्तान नवीन लामा र अनिल बलामीको प्रहार भने विवेकले रोके।

त्यसअघि खेलको १५औं मिनेटमा अमित तामाङको गोलमार्फत दक्षिणकालीले अग्रता लिएको थियो। ५०औं मिनेटमा पासाङ लामाले गोदावरीलाई बराबरीमा ल्याए। नवीनले ८२औं मिनेटमा गोल गर्दा दक्षिणकाली २–१ ले अगाडि बढ्यो । तर इन्जुरी समयमा गोदावरीका अनिल बम्जन लामाले गोल गरेपछि खेल पेनाल्टी सुटआउटसम्म पुगेको थियो।

गोदावरी समूह ‘ए’ तथा कीर्तिपुर समूह ‘सी’ को विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेका थिए। समूह चरणमा महालक्ष्मी नगरपालिकालाई ६–१ ले तथा बाग्मती गाउँपालिकालाई ७–० ले हराएको गोदावरीले ललितपुर महानगरपालिकासँग १–१ को बराबरी खेलेको थियो। दक्षिणकालीले कागेश्वरी मनोहरा नगरपालिकालाई ५–० तथा चन्द्रागिरी नगरपालिकालाई २–१ ले  पराजित गरेको थियो।

अब, गोदावरीले उपाधिका लागि काठमाडौं महनगरपालिकाको सामना गर्नेछ। साबिक विजेता काठमाडौंले मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा कीर्तिपुर नगरपालिकाविरुद्ध ३–० को जित निकालेको थियो।