Skip This
एआइपिएस अवार्डमा बिपी र दीपको आलेखलाई ‘स्पेसल मेन्सन’
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 14 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:३३:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एआइपिएस अवार्डमा बिपी र दीपको आलेखलाई ‘स्पेसल मेन्सन’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:३३:oo

मोरक्कोको राजधानी राबतमा मंगलबार सम्पन्न एआइपिएस स्पोर्टस् मिडिया अवार्ड २०२४ को ‘वेस्ट इन्भेस्टिगेसन’ विधामा नेपालका पत्रकारद्वय बिपी अनमोल र दीप सुवेदीले तयार पारेको लेखले ‘स्पेसल मेन्सन’ प्राप्त गरेको छ।

यी दुई पत्रकारले उकालो डटकममा संयुक्त रूपमा लेखेको ‘१६ वर्षदेखि फरार अभियुक्त एन्फाको उपाध्यक्ष, लागुऔषध कारोबारमा तोकिएको थियो। पाँच वर्ष कैद’ लेखका लागि स्पेसल मेन्सन दिइएको हो। एआइपिएस स्पोर्टस् मिडिया अवार्डमा प्रत्येक विधाको शीर्ष तीनको उपाधि दौडमा नपरेका, तर राम्रा आलेखहरूलाई स्पेसल मेन्सनमा उल्लेख गरिन्छ। 

यसअघि नेपालका खेल पत्रकारहरू गोविन्दराज नेपाल र नमिन ढकालको आलेख पनि स्पेसल मेन्सनमा परेका थिए। सन् २०२० को हंगेरीमा भएको एआइपिएस स्पोर्टस् मिडिया अवार्डमा भने पहिलोपटक प्रज्वल ओलीको लेखले ‘वेस्ट कोलम’ विधामा अवार्ड जितेको थियो।

एआइपिएस स्पोर्टस् मिडिया अवार्ड खेलपत्रकारहरूको विश्व संस्था एआइपिएसले हरेक वर्ष प्रदान गर्ने खेल पत्रकारहरूको सबैभन्दा ठुलो अवार्ड हो। यसमा शीर्ष ३ मा पर्ने विधाका विजेताहरूले क्रमशः ८ हजार, ३ हजार र २ हजार अमेरिकी डलर प्राप्त गर्नेछन्।

विभिन्न १२ विधामा प्रदान गरिने अवार्डका लागि यस वर्ष १३६ देशबाट २०६५ पत्रकारहरूले आलेख, फोटो, भिडियो, अडियोमा प्रतिस्पर्धा गरेका थिए।