
काठमाडौं महानरपालिका– २४ स्थित मखनगल्लीमा दयाराम श्रेष्ठको घरमा भएको आगलागी नियन्त्रणमा आएको छ । दयारामको चारतले माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्यास लिक भएर आगलागी भएको थियो ।
दयारामको घरमा लागेको आगो नजिकै रहेको रुकेश श्रेष्ठको पाँच तलतले पक्की घरमा आगो सल्किएको थियो । उक्त स्थानमा प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दको कमान्डमा २० जनाको प्रहरी टोली, नेपाल आर्मी र सशस्त्र प्रहरी बलको टोली खटिएको थियो ।
जुद्ध बारुद दुई, नेपाल आर्मी एक, ललितपुर महानगरपालिका एक, रामहिटी एक र बालाजु औद्योगिक क्षेत्रको एक गरी जम्मा ६ वटा दमकलले आगो नियन्त्रणमा ल्याएका हुन् । आगलागीमा परी एकजनाको ज्यान गएको छ भने क्षतिको विवरण आउन बाँकी छ ।