Skip This
ब्राजिलियन फुटबलको मुख्य प्रशिक्षकमा एन्सेलोट्टी
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 14 May, 2025
Invalid date format o९:oo:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

ब्राजिलियन फुटबलको मुख्य प्रशिक्षकमा एन्सेलोट्टी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:oo:oo

कार्लोस एन्सेलोट्टी ब्राजिलियन राष्ट्रिय फुटबल टोलीका नयाँ मुख्यप्रशिक्षक बनेका छन् । अहिले कार्लोस स्पेनिस क्लब रियल म्याड्रिडका प्रशिक्षक हुन् । स्पेनिस ला लिगको सिजन समाप्तिसँगै उनले क्लब छाड्ने छन् । त्यसपछि उनले ब्राजिलियन टोलीको मुख्यप्रशिक्षकका रुपमा कार्यभार सम्हाल्ने छन् । २५ मेमा ब्राजिलको जिम्मेवारी आधिकारिक रूपमा सम्हाल्ने एजेन्सीले जनाएको छ । प्रशिक्षण करिअरमा कार्लोसले पहिलोपटक राष्ट्रिय टोली हेर्न लागेका हुन् । 

उनी स्यान्टियागो बर्नाबेउ क्लबका सबैभन्दा सफल प्रशिक्षकमा पर्छन् । उनले म्याड्रिडमा दुई कार्यकाल सम्हाल्दा १५ उपाधि जितेका थिए । गत वर्ष उनकै प्रशिक्षणमा म्याड्रिडले युरोपियन च्याम्पियन्स लिग र ला लिगा उपाधि हात पारेको थियो । ब्राजिलियन फुटबलका अध्यक्ष एडनाल्डो रोड्रिगेजले कार्लोसलाई राष्ट्रिय टोलीको नयाँ प्रशिक्षकका रूपमा भित्राएको जनाएका छन् । रोड्रिगेजले उनलाई सन् २०२६ को विश्वकपसम्म अनुबन्ध गरेको जानकारी दिए । यसअघि ब्राजिलियन फुटबल संघले कार्लोसलाई मुख्य प्रशिक्षक बन्न प्रस्ताव पठाएको थियो । तर, उनले प्रस्ताव अस्वीकार गरेका थिए ।

तर, म्याड्रिडले सम्झौता नवीकरण नगरेपछि उनी ब्राजिलको प्रशिक्षक बन्न राजी भएका हुन् । उनले युरोपियन क्लबमा म्याड्रिडबाहेक पार्मा, युभेन्टस, एसी मिलान, पेरिस सेन्ट जर्मन (पिएसजी), बायर्न म्युनिख, नेपोली र एभर्टनलाई प्रशिक्षण दिएका थिए । म्याड्रिडले कार्लोसको स्थानमा पूर्वमिडफिल्डर जाभी अलन्सोलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिसकेको छ । जाभीले २६ मेदेखि जिम्मेवारी सम्हाल्नेछन् । गत महिना अर्जेन्टिनासँगको ४–१ ले पराजित भएपछि ब्राजिलियन फुटबल संघले डोरिभल जुनियरलाई बर्खास्त गरेको थियो । 

फुटबल संघ हर्षित
ब्राजिलियन फुटबल कन्फेडेरेसन (सिबिएफ)ले कार्लोसलाई एक महान् व्यक्ति र प्रशिक्षकका रूपमा जनाएको छ । ‘हामीले एक सफल विदेशी प्रशिक्षकलाई भित्र्याउनु ऐतिहासिक कदमका रूपमा लिएका छौँ,’ सिबिएफले भनेको छ ।

पाँचपटकको फिफा विश्वकप विजेता ब्राजिल टोली र युरोपका ठुला प्रतियोगितामा अद्वितीय कीर्तिमान बनाएका प्रशिक्षकबिचको मिलनलाई सिबिएफले ऐतिहासिक क्षण रहेको जनाएको छ । ‘सिबिएफ कार्लोसलाई हार्दिक स्वागत गर्दछ र उनको नेतृत्वमा नयाँ सफलताको युग प्रारम्भ हुने आशा छ,’ सिबिएफले भनेको छ । 

कार्लोस र म्याड्रिडबिच सन् २०२६ को जुनसम्म सम्झौता थियो । युरोपका उत्कृष्ट प्रतियोगितामा कीर्तिमान बनाएका प्रशिक्षकसँग सम्बन्ध जोडिँदा हर्षित भएको फुटबल संघले जनाएको छ । ‘हामी कार्लोसलाई स्वागत गर्दछौँ र उनको नेतृत्वमा टोली सफलताको नयाँ युगमा पुग्ने विश्वास लिएका छौँ,’ संघले जनाएको छ । कार्लोसले ब्राजिलको राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक बन्नमा सहजीकरण गरेको रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजलाई पनि धन्यवाद दिएका छन् ।