
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङले पदबाट राजीनामा दिएकी छिन्। मंगलबार प्रदेश सभामुखको नाममा राजीनामा पत्र सार्वजनिक गर्दै जनताले आफूमाथि गरेका आशा पूरा गर्न नसकेको जनाएकी छिन्।
संविधानको धारा १८० (क)मा प्रदेश सभा सदस्यले प्रदेश सभाको सभामुखसमक्ष लिखित राजीनामा दिएमा पद रिक्त हुने व्यवस्था छ।
यद्यपि सभामुख तुलाराम घर्ती मगरले गीताको राजीनामा सम्बन्धमा कुनै जानकारी प्राप्त नभएको बताएका छन्।