Skip This
उदयपुरमा माओवादीनिकट वाइसिएलको चार पालिका नयाँ नेतृत्व
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १७:५९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

उदयपुरमा माओवादीनिकट वाइसिएलको चार पालिका नयाँ नेतृत्व

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:५९:oo

नेकपा (माओवादी केन्द्र) को सहायक संगठन रूपमा चिनिने योङ कम्युनिस्ट लिग (वाइसिएल) को तीन नगरपालिका र एक गाउँपालिकामा नयाँ नेतृत्व चयन भएको छ।

वाइसिएल उदयपुरका जिल्ला संयोजक ईश्वर पोखरेलका अनुसार कटारी नगरपालिका, त्रियुगा, चौदण्डीगढी नगरपालिका र लिम्चुङबुङ गाउँपालिकामा वाइसिएलको पालिका सम्मेलनबाट नयाँ नेतृत्व चयन भएको हो।

जिल्ला संयोजक पोखरेलका अनुसार वाइसिएलको त्रियुगा नगरपालिकाको तेस्रो सम्मेलनबाट विशाल राईको अध्यक्षतामा ३३ सदस्य नगर समिति चयन भएको छ। जसमा उपाध्यक्ष मधु थापा, पुजना राई, सोमकुमार मगर, सचिवमा मणिकुमार राई, सहसचिवमा हिमा राई, तेजनारायण थापामगर, पुष्पलाल न्यौपाने र कोषाध्यक्षमा शंकर साहलगायत छन्। 

यसैगरी, चौडण्डीगढी नगरपालिकामाको वाइसिएलको तेस्रो नगरसम्मेलनबाट साङेनहाङ राईको अध्यक्षतामा २९ सदस्य नगर समिति चयन भएको छ। उपाध्यक्ष सरिता माले, रामप्रसाद राई, सचिवमा सबिन मगर, सहसचिव किरणकुमार राई, पर्वत खड्का, केनिस मगर र कोषाध्यक्षमा रिजना राई चयन भएका हुन्। 

यता कटारी नगरपालिकको दोस्रो नगर सम्मेलनबाट नगर अध्यक्षमा सन्देश कार्की, उपाध्यक्षमा विकल बराल, लोकेन्द्र मगर, रेनुका परियार, सचिवमा भेषराज खत्री, सहसचिवमा रुद्र श्रेष्ठ, विजय पौडेल र दिनेश श्रेष्ठ, कोषाध्यक्षमा कल्पना राई चयन भएका छन्। कटारीमा जम्मा ३६ सदस्य नगर समिति बनेको जिल्ला संयोजक पोखरेलले जानकारी दिए। 

वाइसिएलको दोस्रो गाउँपालिका सम्मेलनबाट लिम्चुङबुङ गाउँपालिकामा विश्वदीप राईको अध्यक्षतामा ३३ जनाको नयाँ कार्यसमिति चयन भएको छ। जसमा उपाध्यक्षमा महेश राई, कैबिना राई, तारा माझी, सचिवमा मणिराज राई, सहसचिवमा टोमाबुङ राई, राजन परियार, जितेन्द्र मगर र कोषाध्यक्षमा संचिता राई चयन भएका छन्।

उदयपुरका आठपालिकामध्ये बेलका नगरपालिका, रौतामाई गाउँपालिका र उदयपुरगढी गाउँपालिका र ताप्ली गाउँपालिकामा वाइसिएलको पालिका सम्मेलन हुन बाँकी रहेको पोखरेलको भनाइ छ। उनले भने, ‘बाँकी पालिकामा पनि सकेर छिट्टै जिल्ला सम्मेलन गर्ने तयारीमा छौँ।’