
भारत–पाकिस्तान द्वन्द्वका कारण रोकिएको इन्डियन प्रिमियर लिग(आइपिएल) प्रतियोगिता शनिबारदेखि अघि बढ्ने भएको छ। भारतीय क्रिकेट बोर्डले शनिबारदेखि प्रतिस्पर्धा सञ्चालन गर्ने निर्णय गरेको हो।
भारत र पाकिस्तानबिच युद्धबिराम भएसँगै आइपिएल सुरु हुन लागेको हो। दुई देशबिचको हमलाका कारण भारत र पाकिस्तान दुवै देशका क्रिकेट लिग रोकिएका थिए।
गत बुधबार धर्मशालामा खेल भइरहेका वेला पाकिस्तानले जम्मु-कस्मिर क्षेत्रमा हवाई हमला गरेपछि बिचमै रोकिएको थियो।