Skip This
पानी र रगत सँगै बग्न सक्दैनः मोदी 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:५५:oo
Read Time : < 1 मिनेट
विश्व

पानी र रगत सँगै बग्न सक्दैनः मोदी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:५५:oo

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पानी र रगत कहिल्यै सँगै बग्न नसक्ने भन्दै आतंकवादलाई संरक्षण नगर्न पाकिस्तानलाई चेतावनी दिएका थिए। सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै उनले भने ‘आतंक र वार्ता सँगै रहँदैन, आतंक र व्यापार सँगै अघि बढ्न सक्दैन, पानी र रगत पनि कहिल्यै सँगै बग्न सक्दैन।’ 

चार दिनको दोहोरो हमलापछि भएको युद्धविरामको सन्दर्भमा मोदीले राष्ट्रको नाममा सम्बोधन गरेका हुन्। उनले आतकंवाद नै पाकिस्तानको ध्वंशको कारण हुने चेतावनी दिए। ‘पाकिस्तानको सेना र पाकिस्तानको सरकारले जसरी आतंकवादलाई हुर्काउने काम गर्दै आएका छन्, एक दिन यसले पाकिस्तान आफैँको ध्वंश गर्नेछ,’ उनले भने, ‘यो युद्धको युग होइन, साथै आतंकवादको पनि युग होइन।’  

पाकिस्तानविरुद्धको अपरेसन सिन्दूर सफल भएको भन्दै उनले सुरक्षाकर्मीको प्रशंसा गरेका छन्।