१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १९:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पत्रकारकाे सुरक्षा ग्यारेन्टी गर्न प्रेस सेन्टर बागमतीको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:१५:oo

पत्रकारको सुरक्षा माग गर्दै प्रेस सेन्टरले बागमती प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई ज्ञापनपत्र बुझाएको छ।

आइतबार प्रेस सेन्टर बागमती प्रदेश र मकवानपुर कार्यसमितिले संयुक्त रूपमा पत्रकारको हकहित र सुरक्षाको माग गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेश र मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन्।

केन्द्रीय कार्यक्रमअनुसार प्रदेश सरकार र प्रमुख जिल्ला अधिकारीलाई आइतबार ज्ञापनपत्र बुझाएको प्रेस सेन्टर बागमती प्रदेशका अध्यक्ष धुव्र अधिकारीले जानकारी दिए। अध्यक्ष अधिकारी नेतृत्वको टोलीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख पदम ओझामार्फत मन्त्री सुरजचन्द्र लामिछानेलाई र मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको हो।

पछिल्लो समय सञ्चारकर्मीमाथि हुन थालेका विभिन्न खालका आक्रमणप्रति ज्ञापनपत्रमार्फत गम्भीर चिन्ता व्यक्त गरिएको छ। संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचित बन्न थालेकामा दुःख व्यक्त गर्दै प्रेस स्वतन्त्रताको संरक्षणका लागि समयसापेक्ष सञ्चार कानुन निर्माणको माग गरिएको छ।

१७ बुँदे ज्ञापनपत्रमा पत्रकारको हत्या छानविन, बेपत्ता पारिएका पत्रकारको अवस्था सार्वजनिकको माग, न्यूनतम पारिश्रमिक कार्यान्वयन, मन्त्रालयले प्रदान गर्दै आइरहेको पत्रकारिता पुरस्कार तथा सम्मान कार्यक्रमको बजेट वृद्धि, प्रदेश तहका विज्ञापनको समानुपातिक वितरण, पत्रकारका लागि सामाजिक सुरक्षा कोषको व्यवस्था, सञ्चार तथा सवारीसाधन खरिदमा भन्सार छुटलगायतका माग समावेश गरिएको अध्यक्ष अधिकारीले बताए।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जिल्लाको शान्ति सुरक्षा कायम राख्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै निर्धक्क भएर पत्रकारिता गर्न आग्रह गरिन्।