
दाङको तुलसीपुर उपमहानगरपालिका–१८ हसपुरास्थित सिचाइको लागि बनाइएको ड्याममा डुबेर एक किशोर बेपत्ता भएका छन्। रुकुम पश्चिम स्थायी घर भई हाल तुलसीपुर उपमहानगरपालिका–१७ झिङ्गेमा बस्दै आएका १६ वर्षीय भुपेन्द्र बिक ड्याममा डुबेर बेपत्ता भएका हुन् ।
तीन जना साथीसँग नुहाउन गएको अबस्थामा बिक डुबेर बेपत्ता भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाले बताए । शनिबार बिहान खाना खाएर तीन जना साथीहरूसँग ड्याममा गएका उनी दिउसने १ बजेतिर डुबेका हुन् । उनी शुक्रबार साथी सन्देश बि।क।को घरमा गएका थिए। अहिले ईलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले उद्दार गरिरहेको छ ।