१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २७ शनिबार
  • Saturday, 10 May, 2025
२o८२ बैशाख २७ शनिबार १६:१३:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

हाँडीकोटः पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २७ शनिबार १६:१३:oo

एक दशकअघिसम्म हाँडीकोटको महत्त्व पशु चरिचरनका लैजाने स्थानीयले मात्र चिन्दथे । पशुचौपाया चराउने र घाँस दाउरा लिन पुग्ने हाँडीकोटमा अहिले पर्यटकीय गन्तव्य बन्दै गएको छ।

घनाजंगलको बिचमा रहेको अग्लो पहाड हाँडीकोट टापु एकाएक चर्चामा आउन थालेपछि पदयात्रामा आउनेका लागि उपयुक्त गन्तव्य बन्न थालेको हो। समुद्री सतहदेखि दुई हजार एक सय ९५ मिटर उचाइमा रहेको हाँडीकोट जैमिनी क्षेत्रकै अग्लो पहाडमा अहिले गोठाला जान छोडे, तर आन्तरिक पर्यटक पुग्न थालेका छन्। हाँडीकोट पुग्नका लागि डाँडाखानी र ब्याडथलाबाट दुवैतर्फबाट पदमार्ग निर्माण भएपछि पदयात्रामार्फत त्यहाँ पुग्ने पर्यटकहरू आकर्षित भएका हुन्।

डाँडाखानीबाट झन्डै चार किमि पदमार्ग र ब्याडथलाबाट तीन किलोमिटर परम्परागत पदमार्ग निर्माणपछि त्यहाँ पुग्ने पर्यटकलाई सहज भएको छ। पूर्वाधार र प्रचारप्रसारका कारण ऐतिहासिक तथा पशुपालन किसानको चरिचरनस्थल हाँडीकोट टापु पुग्ने आन्तरिक पर्यटकहरू बढिरहेका छन्।

बाग्लुङको गलकोट दुदिलाभाटीबाट तस्बिर कैद गर्नका लागि हाँडीकोट पुग्नुभएका राम खत्रीले यहाँबाट देखिने मनोरम दृश्यले लोभाएको बताए। डाँडाखानीबाट एक घण्टको पैदलयात्रामा हाँडीकोट पुगेका खत्री फर्कंदा ब्याडथलाको पदमार्ग प्रयोग गरेको बताउँछन्।

उनले सूर्योदय हेर्न, गुराँसको वन हेर्न र दर्जनौँ हिमाल हेर्नका लागि हाँडीकोट उपयुक्त गन्तव्य रहेको बताए। यहाँबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रेसँगै दर्जनाैँ हिमशृंखला देख्न सकिन्छ।

'फोटो भिडियो खिच्न रुचि राखेर पैदलयात्रामार्फत पर्यटकीयस्थाल पुग्ने गरेको छु, हाँडीकोड पछिल्लो समय चर्चामा आएको गन्तव्य रहेछ, पदयात्रामा रुचि राख्ने र प्रकृतिसँग रमाउनेका लागि हाँडीकोट उपयुक्त गन्तव्य लाग्यो, बिहानै आउने पर्यटकका लागि सूर्योदयले मनै लोभ्याउँछ, कोलाहलपूर्ण वातावरणबाट अलग्गै बस्नका लागि हाँडीकोट पृथक गन्तव्य रहेछ,' खत्रीले भने, 'यहाँबाट देखिने जैमिनीका अधिकांश गाउँ, हिमालहरूले मनै लोभ्यायो, पहिलाको पशु चरिचरन अहिले पर्यटकीयस्थल भएछ।'

हाँडीकोट पुग्नका लागि पछिल्लो समय सडक मार्ग पुर्‍याइएको छ । जैमिनी नगरपालिकाले नगरको पर्यटकीय गन्तव्यमा जैमिनी धामपछि हाँडीकोट टापुलाई लिएर पूर्वाधार निर्माणमा तीव्रता दिएको जनाएको छ।