
नेपाली कांग्रेस संसदीय दलले सरकारको नीति तथा कार्यक्रमलाई समर्थन गर्ने निर्णय गरेको छ। शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकले नीति तथा कार्यक्रमको पक्षमा बोल्ने निर्णय गरेको हो।
नीति तथा कार्यक्रममा कांग्रेसका योजना पनि समेटिएकाले रचनात्मक सुझावसहित पक्षमा बोल्ने निर्णय भएको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले बताए।
‘नीति तथा कार्यक्रममा धेरै कुराहरु समेटिएका छन्, जुन राष्ट्रिय आवश्यकताहरु हुन्। ती आवश्यकताहरु हामीले चाहेका कुराहरुलाई पनि समेटिएर आएको हुनाले त्यसलाई समर्थन गर्ने, सकारात्मक र रचनात्मक सुझावहरुसहित त्यसको पक्षमा बोल्ने र त्यसलाई समर्थन गर्ने निर्णय भएको छ,’ बैठकपछि घिमिरेले पत्रकारहरुसँग भने।