१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 17 May, 2025
Invalid date format o९:४o:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

जिल्ला प्रशासन कार्यालय रुपन्देही देशकै उत्कृष्ट प्रशासन

९८ अंक ल्याउँदै ७७ जिल्लामा रुपन्देही प्रथम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:४o:oo

जिल्ला प्रशासन कार्यालय रुपन्देही देशकै उत्कृष्ट प्रशासन बनेको छ । गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयबीच भएको कार्यसम्पादन सम्झौताबमोजिम ९८ अंक ल्याउँदै ७७ जिल्लामा रुपन्देही प्रथम भएको हो ।

गृह मन्त्रालयले तोकेको मापदण्डअनुसारको काम सहज तथा सफल तरिकाले सम्पादन गर्दै उत्कृष्ट कार्यसम्पादनका आधारमा रुपन्देही प्रशासन पहिलो बनेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।

गृह मन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारीबीच आर्थिक वर्ष ०८०/८१ मा भएको कार्यसम्पादन सम्झौता मूल्यांकनमा ७७ जिल्लामध्ये जिल्ला प्रशासन कार्यालय रुपन्देहीले ९८ अंकसहित पहिलो स्थान हासिल गरेको हो ।

९७.७५ अंक ल्याई पाल्पा जिल्ला प्रशासन दोस्रो भएको छ । ९७.६२५ अंकसहित बागलुङ तेस्रो भएको छ । चौथो स्थानमा रहेको पश्चिम रुकुम जिल्ला प्रशासन कार्यालयले ९७.५ र पाँचौँमा मकवानपुर र पर्वतले ९७.३७५ अंक ल्याएका छन् ।

पहिलो, दोस्रो, तेस्रो र चौथो चौमासिक रूपमा गरिने मूल्यांकनमा छैटौँमा गुल्मी प्रशासन छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले ९७ अंक ल्याएको छ । सातौँमा तेह्रथुम, आठौँमा रोल्पा, नवौँमा सोलुखुम्बु र १० औँ नम्बरमा डडेल्धुराले क्रमशः ९६.८, ९६.७, ९६.५ र ९६.४ अंक ल्याएका छन् ।

पहिलो अंक प्राप्त गर्ने रुपन्देही प्रशासनको प्रमुख जिल्ला अधिकारी गणेश अर्याल छन् । अतिक्रमित सार्वजनिक जग्गा फिर्ता, जिप्रकामा अडियो नोटिस बोर्ड लागू, सीमा क्षेत्रको सुरक्षा व्यवस्थापनलगायत काम भएका छन् ।