१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ३ शनिबार
  • Saturday, 17 May, 2025
२o८२ जेठ ३ शनिबार १४:३५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पाँचौँ रारा ट्रेल - रन जेठ ९ मा हुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ३ शनिबार १४:३५:oo

पाँचौँ रारा ट्रेल– रन जेठ ९ गते रारा ताल किनारमा सञ्चालन गरिने भएको छ। कर्णाली प्रदेशको प्रमुख पर्यटकीय आकर्षण रहेको रारा ताललाई मुख्य पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न र कर्णाली प्रदेशबाट राष्ट्रियस्तरका एथ्लेटिक्स खेलाडीहरू पहिचान गर्ने उद्देश्यअनुरूप वार्षिक रूपमा आयोजना गरिने रारा ट्रेल-रनको पाँचौँ संस्करण गरिने भएको हो।

रारा तालवरिपरिको १५ किलोमिटर दूरी दौडमा खुला महिला र खुला पुरुष गरी दुई विधामा खेलाडी सहभागी हुन पाउनेछ्न्। जेठ ९ गते बिहान ७ बजे सुरु गरिने उक्त प्रतियोगितामा प्रथम हुने खेलाडीलाई रु. ५० हजार, दोस्रो हुनेलाई ३० हजार र तेस्रो हुने खेलाडीलाई २० हजार पुरस्कार, प्रमाणपत्र र मेडलको व्यवस्था रहेको हनुमान ध्वज गुल्म राराका गुल्मपती सेनानी खिमबहादुर अधिकारीले जानकारी गराए।

रारा ट्रेल– रन प्रतियोगितामा सहभागी हुन आउने खेलाडीले जेठ ४ गतेदेखि ८ गतेको १० बजेसम्म आफ्नो नाम दर्ता गराउन सक्नेछ्न् भने उनीहरूको मेडिकल जाँच सोही दिन १२ बजे गरिने र इभेन्ट वृफ ३ बजे हुने सेनानी अधिकारीले बताए। दौड जेठ ९ गते बिहान ७ बजे सुरु हुने र दौडमा सहभागी हुने खेलाडीले मौसम सुहाउँदो खेल पोसाकमा उपस्थिति हुनुपर्नेछ। मेडिकल जाँचमा दौडका लागि स्वस्थ नदेखिएका व्यक्तिलाई दौडमा सहभागी नगराउने बताइएको छ।