मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८१ असार ३ सोमबार
  • Saturday, 16 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ असार ३ सोमबार १६:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बर्लिनको पर्खालमा पुगे राष्ट्रपति पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार ३ सोमबार १६:५१:oo

जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार तत्कालीन पूर्वी र पश्चिम जर्मनीबीचको भत्किएको बर्लिनको पर्खाल अवलोकन गरेका छन्।

सो अवसरमा प्रथम महिला सविता पौडेलसहित भ्रमण दलका अन्य सदस्यहरू पनि सहभागी थिए। सन् १९८९ नोभेम्बर ९ मा बर्लिनको पर्खाल ढलेसँगै जर्मनी एकीकरण भएको थियो।

स्विटजरल्यान्डको जेनेभामा भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रमा सहभागी भएर जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति जर्मनी पुगेका हुन्।

राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति स्टाइनमायरबीच बर्लिनमा आज साँझ भेटवार्ता हुने कार्यक्रम छ।