१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ३ आइतबार
  • Saturday, 14 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष ३ आइतबार १८:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संसदमा भ्रष्टाचारविरुद्ध आवाज उठाउँछु : पशुपतिशमशेर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष ३ आइतबार १८:o६:oo

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य पशुपतिशमशेर जबराले भ्रष्टाचारविरुद्धमा आवाज उठाउने बताएका छन्।

आइतबार समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएको प्रमाणपत्र बुझेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रतिनिधिसभा सदस्य राणाले संसदमा भ्रष्टाचार र घुसखोरीविरुद्धमा आवाज उठाउने बताएका हुन्।

उनले संसदमा आफूहरूको राष्ट्रवादी भूमिका हुने उल्लेख गरे। उनले देशलाई अरूले धेरै तल झारेको भन्दै आफूहरूले संसदबाट नेपाल र नेपाली जनता माथि पुर्‍याउने बताए।

त्यस्तै, नेकपा (एमाले) को तर्फबाट बागमती प्रदेश सभामा निर्वाचित प्रदेश सभा सदस्य डा. दिनेश देवकोटाले प्रदेशलाई सवलीकरण गर्नका लागि आफूले भूमिका खेल्ने बताए।