‘जा थाइल्यान्ड घुमेर आइज ।’ मालिकले भन्यो, गएँ । त्यस साल मालिकले टन्नै नाफा कमाएछ, मैले अनुमान गरेँ । आदेशबमोजिम थाइल्यान्ड उड्नुअघि काठमाडौंमा स्कुल पढ्दाका साथीहरू भेटेँ । जो गाउँबाट कलेज पढ्न काठमाडौं आएका थिए । मजस्तै साथीहरू पनि भर्खरै रक्सी पिउन सिक्दै थिए । रक्सी पार्टी दिएँ ।साथीहरूले मेरो जिन्दगीको डाहा गरे । तर, आँखामा डाहा देखाएनन् । असल साथीले, साथीको ईष्र्या गर्छ तर देखाउँदैन । सबै साथी असल थिए ।
मालिकले किनिदिएको थियो, थ्रीस्टार होटेलको वास । स्विमिङ पुलको पौडी । बैंककको सफारी पार्कदेखि गोल्डेन बुद्ध टेम्पलसम्मको यात्रा । त्यति मात्र होइन, आउने–जाने टिकट हातमा थमाउँदै भनेको थियो, ‘यो १० हाजार राख । मनलागेको ठाउँमा खर्च गर ।’मुखले त भनेन तर त्यो १० हजार ‘पटैयाको वेश्यालयमा खर्च गर !’ भनेको रहेछ । पछि थाहा पाएँ । तर, एउटा डिजिटल क्यामेरा किनेँ । दश हजार सकेँ । पटैयामा समेत कुमारै बसेँ ।
चौबीस वर्षसम्म वेश्यालय देखेको थिइनँ । सुनेको थिएँ । एउटा जवान पुरुषलाई वेश्यालयले तान्छ । मलाई पनि तान्यो । तर, पैसा सक्किसकेको थियो । लोभको -याल चुहियो । भोग्न पाइनँ । सत्य हो । डिजिटल क्यामेराले सडकका सुन्दरीहरूको फोटो खिचेँ । एउटै बाटो कैयौँपल्ट ओहोरदोहोर गरेँ । मूल्य सोधेँ । खल्ती छामेँ ।
दुई दिन पटैया आसपास गाइडले घुमायो । समुद्रमा डुबुल्की मार्न लगायो । समुद्रमाथि उडायो । समुद्रमुनि माछाजस्तो डुलायो ।
समुद्र फोटोमा देखेको थिएँ । छुन पाएँ । मज्जाले पौडी खेलेँ । पोलेको गँगटा खाएँ । पहिलोपटक समुद्र देख्दा कस्तो भयो ? नुनिलो पानीमा डुब्दा के भयो ? प्याराग्लाइडिङबाट समुद्रमाथि उड्दा कस्तो भयो ? अक्सिजन माक्स लगाएर माछाजस्तो समुद्रमुनि छिर्दा के भयो ? यो कथा, यस्ता झिनामसिना अनुभूति हैन । ढुक्क हुनुस् ! एउटा थिएटरको कथा हो, यो ।
बैंककबाट पटैया पुगेको पहिलो दिन साँझ गाइडले भन्यो, ‘आज थिएटर सो छ । ८ बजे सो सुरु हुन्छ । तयारी बस्नुस् ।’यस्तो झकिझकाउ सहरमा आएर पनि के थिएटर जानु । थाइल्यान्ड आएर नाटक वा सिनेमा के हेर्नु ? बाटोमा सुन्दरीको अनुहार हेर्नु । राति अबेर होटेल फर्किएर मीठो कल्पनामा डुब्नुभन्दा उत्तम थिएटरमा हुँदैन भन्ने पक्का गरेँ । गाइडलाई थिएटर जान्न भनिदिएँ ।
गाइडले मेरो अनिच्छालाई सम्बोधन गर्दै भन्यो, ‘यहाँको थिएटर तिमीले सोचेजस्तो हैन । फरक स्वाद पाउँछौ । तिम्रो प्याकेजमा छ ।रस परेन भने चाँडै फर्कन सक्छौ ।’ मेरो मालिक कला मनपराउने प्राणी रहेछ । पटैयाजस्तो कामुक सहरमा समेत ‘म नोकर’लाई थिएटर सो खरिद गरिदियो ।
मालिकसँग दोहोरो बात गर्नुपर्दा मुटु असजिलो हुन्थ्यो । निदारमा पसिनाको फोका उठ्थ्यो । बलशून्य खुट्टाले ज्यान थेग्न सक्दैनथ्यो । शरीर लुगलुगाउँथ्यो । मलाई मालिक फोबिया थियो । यसकारण मालिकसँग कहिल्यै नजिक भइनँ । नजिक नभएपछि मालिकको रुचि थाहा पाइनँ । तर, ऊ कला मनपराउने प्राणी रहेछ ।
साँझ ७ः४० बज्यो । गाइड आयो । मलाई लिएर गयो । मोटरको सिसाबाट रंगीचंगी सहरको फोटो खिचेँ । दृश्यहरू हल्लिए, तर खिच्न छाडिनँ । थिएटरबाहिरको दृश्य हाम्रो काठमाडौंको मण्डला नाटकघरको जस्तो थियो । सानो घर थियो । सहरभित्रै भए पनि सहरको कोलाज थिएन । दुईवटा चेरीका रूख थिए । दर्शकहरू थिए । मधुरो संगीत बजेको थियो । कफी र जुसको स्टल थियो । भित्तामा न्युड पेन्टिङ थियो । एप्पल फ्लेबरको कन्डमको बास्नाजस्तो मीठो बास्ना बतासमा घुमिरहेको थियो । लामो सास तानेँ । प्रशस्त बास्ना फोक्सोभित्र हुलेँ । मलाई एप्पल फ्लेबरको कन्डम मनपर्दो रहेछ ।
थाहा पाएँ । गाइडले हातमा टिकट थमायो । लाइन बस्न भन्यो । ‘सो सकिएपछि यहीँनेर तिमीलाई भेट्छु’ भन्यो । ऊ एउटा चेरीको रूखमुनि न्युड पेन्टिङतिर मुन्टो बटारेर बस्यो । उसका आँखा त्यो न्युड पेन्टिङको तिघ्रातिर सलबलायो, जसरी मेरा आँखा सलबलाएका थिए । मैले ईष्र्या गरेँ । ‘असत्तीले त्यसरी नहेरे हुने नि ! मनपरेको तस्बिर अर्काले हेर्दासमेत अफूलाई भाउन्न हुँदो रहेछ ।
मभित्र ईष्र्याको खानी रहेछ । चाल पाएँ । प्रेमिकालाई अरूले यसरी हेर्दा के होला ?बौलाउँथेँ हुँला । धन्न त्यसवेला मेरी प्रेमिका थिइन । मेरो बुद्धि ठिक ठाउँमा नहुनु र प्रेमिका नुहुनु एकै लटमा परेछ । म बौलाउनु परेन । अहिले सोच्छु । चकित खान्छु । त्यस्तो घटिया सोचाइ र चेतनाको बाटो हुँदै आएको रहेछु । न्युड पेन्टिङबाट गाइडले मेरो अनुहारतिर आँखा फर्कायो । ‘गुड लक’ भन्न दायाँ हातको बुढी औँला उठायो । मुसुक्क हाँस्यो । उसको मुस्कानको पैंचो तिरिनँ ।
थिएटरको ढोकामा मेरो खानतलासी भयो । पर्स, क्यामेरा, मोबाइल खोसियो । विश्वकै चर्चित रेडलाइट सहरमा पुगेरसमेत कुमारै बसेर किनेको क्यामेरा थियो । जसलाई राम्ररी सुम्सुम्याइसकेको थिइनँ । जथाभावी छुँदा बिग्रिन्छ कि भनेर नरम गरी समात्थेँ । सहरको कुनै दृश्य छुट्छ कि भनेर मरिहत्ते गर्थें । कति दृश्य त खालि आँखाले हेरिनँ । डिजिटल क्यामेराको स्क्रिनबाटै हेरेँ । जुन अब खोसियो । बोल्न सकिनँ । श्वास रोकियो ।
गाइडले किन कर ग-यो ? अरू वेला जान्न भनेको ठाउँमा नजाने भए ठिकै छ भन्थ्यो । तर, यहाँ आउन निकै उत्पे्ररित ग¥यो । ‘डाँका रहेछ मान्छे !’ भन्ने ठानेँ । अब ‘म लुटिँदै छु !’ भन्ने लाग्यो । ‘बरु म भित्र जान्न । क्यामेरा छाड्दिनँ !’ मनमनै भनेजस्तो लाग्छ । खानतलासी गर्ने मान्छेले सुनेछ । ‘केही हुँदैन । यहीँ राख । भित्र लान मनाही छ ।’ मेरो कानमा यी वाक्य ठोक्किए । मेरो कुरा छेउको अर्को मान्छेले पनि सुनेछ । मेरो आँखासँग आँखा जुधाएर हाँस्यो ।
मलाई लाज लाग्यो ।
हो, मैले वेश्यालयमा सम्भोग गरिनँ । पुरुष हुनु भनेको वेश्यालय पुगेका वेला मौका नचुकाउनु हो भन्ने जानेबुझेका साथीहरूले महिनौँ दिनसम्म गिज्याइरहे । सत्य बोल्दा कैयौँ दिनसम्म हीनताबोधले गिजल्यो ।
अरू–अरू मान्छेको पनि मेरै जसरी खनतलासी भएको छ । क्यामेरा र पर्स खोसिएको छ । कोही केही बोलेका छैनन् । हेक्का भयो‘अरूको लुटिँदैन भने मेरो पनि लुटिँदैन ।’चेकजाँजपछि, एक सुन्दरीले मुस्कानसहित मेरो हातमा गिलास थमाई ।
यो के हो ?सोधिनँ ! थुप्रै मान्छेमध्ये फिक्सन डिजाइनर कुमार नगरकोटीको जस्तो टाउको र दाह्री भएको मान्छेको नक्कल गर्दै, गिलासको बीचमा उभिएको पाइप मुखले तानेँ । अनारको जुस रहेछ । स्वाद मानेँ ।
हलमा मान्छे खचाखच थिए । हल्ला थिएन । मधुरो संगीत बजिरहेको थियो । स्टेजमा गुलाबी रङको लाइट धमिलो खसेको थियो । गुलाबको बास्नाजस्तो बास्ना मगमगाइरहेको थियो । यो बास्ना पनि स्वादले तानेँ । फोक्सो अघाएन । वेलावेला तानिरहेँ ।
नेपथ्यमा गितारको धुन बज्यो । खासखुस छैन । सबै ज्ञानी, ध्यानीजस्ता छन् । गितारको धुन रोकिएको वेला एक–अर्काको फोक्सोको ध्वनि मात्र सुनिन्छ । किन कोही बोलेका छैनन् ? अचम्म मानेँ । सबै मैजस्ता एक्लै पो हुन् कि ! कि, पैसा सकिएर रेडलाइड एरिया जान नसक्ने मैजस्ता बुंगाहरू मात्र आउने ठाउँ हो यो ?मेरो मालिक निकै चलाख रहेछ । पैसा सकिएपछि पनि नोकरले रमाइलो गरोस् भनेर यो ठाउँको टिकट किनिदिएको हुनुपर्छ, सायद ।
‘अब फर्किएपछि सकेको संगत मलिकसँग गर्नेछु । उसलाई बुझ्ने कोसिस गर्नेछु ।’गितार बोकेर एउटा नांगो केटो स्टेजमा देखा प-यो । लगतै उस्तै नांगी केटी देखिई । त्यसपछि दर्शकहरूको आवाज फुट्यो ‘वाह ऽऽऽ !’ सिंगै थिएटर कोमाबाट बिउँझिएर जीवनतिर फर्किएजस्तो गुञ्जायमान भयो । तर, मचाहिँ कोमामा जाने वेला भयो । मुटुको चाल बढ्यो । नशाभित्र केही कुदेजस्तो हुन थाल्यो । तर, के कुद्यो ? अहिले बताउन सक्दिनँ । मैले यसरी नांगा केटाकेटी कहिल्यै देखेको थिइनँ । केटीले गीत गाई । गीतले के भन्यो ? बुझिनँ । दिमाग गीतमा थिएन ।
हल ठूलो थिएन । दर्शक दुई सयभन्दा धेरै थिएनन् । सबै पुरुष थिए । प्रायः सबै दर्शकको मुखबाट नबुझिने आवाज आएको छ । मेरो छेउमा इन्डियन दर्शक थियो । उसले बिस्तारै ईश्वरको नाम लियो ‘ओ माई गड !’नांगी केटीले गीत गाइसकेपछि हात हल्लाउँदै बिदा मागी । सबै दर्शकका हात हल्लिए । तर, मेरो हात उठेन । हात र मस्तिष्कबीचको सम्बन्ध टुटेको वेला परेछ सायद ।
एकै छिनपछि, हाम्रो मन्दिरहरूमा देखिने टुँडालका दृश्यहरूजस्ता जिउँदा दृश्य स्टेजमा खेल्न थाले । म कुमारले प्रत्यक्ष सम्भोग देख्न पाएँ ।
सोको मध्यतिर एउटा तन्नेरी आयो । आफ्नो उत्तेजित लिंगले गितार बजायो । दर्शक चकित भए । मैले उल्का मानेँ । लगत्तै दर्शकलाई सम्भोगका लागि आह्वान भयो । तर, कसैले हिम्मत गरेनन् । मैले ? मैले त सोच्न पनि सकिनँ । त्यस वेलासम्म म बाथरुममा समेत कट्टु लागएर नुहाउँथेँ ।
यो कथा सन् २००९ को हो । बहुराष्ट्रिय कम्पनीको मार्केटिङ म्यान थिएँ । मालिकले जे भन्थ्यो, त्यो मान्थेँ । कुनै कुराको विश्लेषण गर्ने क्षमता राख्दिनथेँ । सिधासाधा कारिन्दा थिएँ । थाइल्यान्डबाट फर्किएपछि साथीहरूले सोधे, ‘के गरिस् पटैयामा ?’‘गरिनँ । हेरेँ । एउटा क्यामेरा किनेँ ।’‘पटैया पुगेर पनि नगर्ने ? कि छैन चिज ?’ मालिकको सबसे नजिकको भुक्तभोगी नोकरले भन्यो, जसले दुईपल्ट थाइल्यान्ड घुम्ने मौका पाइसकेको थियो ।
कम्पनीभित्र फैलियो हल्ला– ‘पटैया पुगेर पनि नगरी फर्किने केटो हो यो ।’ पुरुष हुनु भनेको ‘वेश्यालय पुगेका वेला मौका नचुकाउनु हो !’ भन्ने जानेबुझेका साथीहरूले महिनौँ दिनसम्म गिज्याइरहे ।सत्य बोल्दा कैयौँ दिनसम्म हीनताबोधले गिजल्यो । ‘हो, मैले वेश्यालयमा सम्भोग गरिनँ ।’ यसो भन्दा अहिले मलाई न गर्व लाग्छ, न हीनताबोध ।