बुद्ध

विशाल नाल्बो विशाल नाल्बो
सोमबार, १४ असोज, २०८१
डिजिटल संस्करण

बुद्ध 
बुद्ध हुनुअघि
एउटा – छोरा
एउटा – बाबु
एउटा – पति
थिए ।

बुद्ध 
बुद्ध भइसकेपछि 
एउटा – छोरा
एउटा – बाबु
एउटा – पति
रहेनन् ।


यौटा ठुलो 
वृक्षको फेदमुनि 
ध्यान गरिबसेका
बुद्धको 
एक दिन अचानक ध्यान भंग भयो ।

झस्किए बुद्ध 
र सम्झिए छोराछोरी र पत्नी 
सम्झिए परिवार आमा र बाउ ।

र बुद्ध फर्के घर ।

कष्टकर थियो बसको यात्रा 
सडक अव्यवस्थित थिए
सडकको 
माथिल्लो छेउ र तल्लो छेउ
गिट्टी कुटिरहेका 
अधबैंसे महिलाहरूको झुण्ड 
नांगै–भुतुंगै खेलिरहेका नानीहरू ।

देखे
बुद्धले बाटैभरि ।

पत्नीको दुःख 
बिमारी आमा–बाबु
आकाश देखिने घरको धुरी 
छोराछोरीको अनिश्चित भविष्य ।

सम्झे बुद्धले ।

साँझ 
बसको अन्तिम सिटबाट
ओर्लिए 
भञ्ज्याङको चौबाटोमा बुद्ध ।

माओ, माक्र्स र लेनिनका पुस्तकहरू
जीवन, दर्शन र सिद्धान्तका पुस्तकहरू ।

सुरक्षित थिए झोलाभित्र ।

एक छिन उभिए बुद्ध
झोलामा लागेको धुलो टकटक्याए
र हेरे तऽऽऽऽऽऽऽऽल

गाउँको फेदीमा थियो 
बुद्धको घर
जो बुद्धलाई हेरिरहेको थियो, एकटकले उकालो ।

चौतारीमा बसे बुद्ध 
र मनमनै सोचेर गम खाए ।

म आदर्शवादी 
पुरुष हुने भ्रमबाट बच्न चाहन्छु ।

सम्पादकको रोजाइ

सुझावित समाचार