लाजले भागे अस्कर वाइल्ड

अस्कर वाइल्डलाई फोहोरको मतलब थिएन । केटाहरू जतिसुकै फोहोरी होऊन्, उनी तिनका शरीर सबै चाटेर आनन्द लिन्थे । धेरै दिनदेखि ननुहाएका र दुर्गन्धित शरीर भएका युवकका शरीर चाट्न पाउँदा उनी अझै खुसी हुन्थे ।

शार्दूल भट्टराई शार्दूल भट्टराई
शनिबार, ११ जेठ, २०७६
डिजिटल संस्करण

यसवेला ‘मी टू’ को चर्चा निकै छ । एउटा अभियान नै बनेको छ ‘मी टू’ । जीवनमा ‘गलत नियतका साथ गल्ती’ गर्नेहरू कुनै पनि समयमा ‘अभियोगको कठघरामा’ उभिन बाध्य हुनुपर्ने स्थिति बनेको छ । बीस–पच्चीस वर्षअगाडिदेखि गोप्य रहेका घटनासमेत अहिलेको ‘मी टू’ अभियानसँगै सार्वजनिक बन्न थालेका छन् । समाजमा आरोप–प्रत्यारोप बढ्दै गएका छन् । चर्चामा आउने गरेका आरोप सबै सत्य होलान् वा नहोलान्, तिनको छिनोफानो कानुनी प्रक्रियाले नै गर्ला । तर, पनि ‘मी टू’ले समाजमा हलचल बढाएको छ । पीडकहरूमा त्रास छ, पीडितहरू उत्साहित बन्दै गएका छन् । 

आवाजहीन अवस्थामा धेरै कुरा लुक्छन् । अरूलाई आफ्नो दबाबमा राख्न जान्ने र सक्ने ‘प्रभावशाली व्यक्ति’ हरू ‘मैले जे गरे पनि हुन्छ’ भन्ने भ्रममा पर्छन् । जब आवाजहीन अवस्थाका आवाज सार्वजनिक रूपमा प्रकट हुन थाल्छन्, तब लुकेका धेरै कुरा खुल्न थाल्छन् । हिजो यस्ता आवाज कमजोर थिए । त्यसैले, अन्याय र व्यभिचारका विरुद्ध लड्नुभन्दा पनि ‘इज्जत, मान र प्रतिष्ठासँग जोडिएका’ कतिपय कमजोरी लुक्थे र लुकाइन्थे । त्यसको फाइदा पीडकले लिइरहन्थ्यो । त्यस्तो फाइदा लिनेमा समाजका ‘ठूला, हुनेखाने, नाम चलेका र प्रभावशाली’ नै बढी हुन्थे । विश्वका केही चर्चित मानिससमेत त्यस्ता अभियोगमा परेका छन् र दण्डित पनि बनेका छन् । 

यौनबजार, यौनदुव्र्यवहार र यौनशोषणको संसारमा समलिंगीहरूको पनि ‘आफ्नै संसार’ छ । त्यस संसारका कुरा सार्वजनिक प्रकाशमा त्यति आउँदैनन् । तर, कतिपय घटना लुकाउन खोज्दा पनि लुक्दैनन् । जब घटनाका पीडित बोल्न थाल्छन्, तब लुकेका–लुकाइएका त्यस्ता कुरा धमाधम खुल्न थाल्छन् । त्यस्तै, लुकेका वा लुकाइएका कुरा खुलेपछि विश्वका चर्चित साहित्यकार अस्कर वाइल्ड गम्भीर कारबाहीमा परेका थिए ।   

त्यसवेला न त ‘मी टू’ अभियान थियो, न त यौनहिंसाका पीडितमा बोल्ने शक्ति नै थियो । सामाजिक भावनासमेत पीडितलाई सकारात्मक रूपमा बुझ्ने र सहानुभूति राख्ने खालको थिएन । उल्टै पीडितलाई नै हेय दृष्टिले हेर्ने गरिन्थ्यो । सामाजिक डरले पीडित आफैँ त्यस्ता घटनालाई गुपचुप राख्न चाहन्थे । ज्यादै भएपछि र असह्य अवस्थामा पुगेपछि मात्र पीडितहरू बोल्थे । उनीहरू बोलेपछि नै पीडकमाथि कानुनी कारबाहीको आधार तयार हुन्थ्यो । बलियो प्रमाणमा पीडक ठूलै कारबाहीमा पर्थे । अस्कर वाइल्ड त्यस्तै कारबाहीमा परेका थिए । जब उनका समलिंगी सम्बन्धका पोल एकपछि अर्को गर्दै खुल्दै गए, तब कानुनका दृष्टिमा उनी सजायका भागीदारसमेत बन्न पुगेका थिए । 

अस्कर वाइल्ड विश्वचर्चित लेखक हुन् । तर, उनको चर्चा लेखनमा मात्र रहेन, उनी आफ्ना मान्यता, गतिविधि र चरित्रका कारण पनि विश्वचर्चित रहे । आफ्नै कारण आफूले भोग्नुपरेको सजायका कारण पनि उनी विश्वचर्चामा रहन पुगेका थिए । 
उनको समयमा विश्वमा सिर्जनात्मक लेखनका सन्दर्भमा ‘कला’लाई लिएर चर्को बहस–विवाद चलेको थियो । ‘कला केका लागि ?’ भन्ने बहस–विवादमा लेखक आफैँ पनि सक्रिय  थिए । ‘कला कलाका लागि’ कि ‘कला जीवनका लागि’ भन्ने बहस–विवादमा अस्कर वाइल्ड ‘कला कलाका लागि’ भन्ने नाराको पक्षमा उभिएका थिए । त्यस नाराको पक्षमा उनी कडै रूपमा प्रस्तुत भएका थिए । यसकारण पनि उनी चर्चामा रहन पुगेका थिए । 

आइरिस कवि तथा नाटककारका रूपमा बढी चर्चामा रहे पनि उनी बहुविधाका स्रष्टा हुन् । कविता, कथा, उपन्यास, नाटक र निबन्ध विधामा उनी विश्वचर्चित छन् । बालकथा लेखनमा पनि उनी त्यत्तिकै चर्चित छन् । हास्यव्यंग्य र राजनीतिक लेख लेखनमा पनि उनी प्रसिद्ध मानिन्छन् । उनले राजनीतिक लेखहरू पनि लेखे । तर, उनको राजनीतिक लेखन कुनै दृष्टिकोण र मान्यतामा आधारित छैन । राजनीतिक लेखनमा उनी आधारहीन, अराजक र हावादारी मानिन्छन् । उनको चर्चाको अर्को कारण यो पनि रहेको छ । 

‘द सेल्फिस जायन्ट’ उनको विश्वप्रसिद्ध कथाकृति हो । विश्वमा सबैभन्दा बढी पढिएका कृतिको सूचीमा उनको यो कृति पनि पर्छ । उनको चर्चित उपन्यासमा ‘द पिक्चर अफ द डोरियन ग्रे’ र चर्चित नाटकमा ‘ए ओम्यान अफ नो इम्पोर्टान्स’ रहेका छन् । त्यस्तै, ‘द ह्याप्पी प्रिन्स’, ‘ए फ्लोरेन्टाइन ट्राजेडी’, ‘एन आइडियल हसब्यान्ड’, ‘द इम्पोर्ट्यान्स अफ बिइङ अर्नेस्ट’ आदि उनका विश्वप्रसिद्ध कृतिमा पर्छन् ।

लुकेका वा लुकाइएका कुरा खुलेपछि विश्वका चर्चित साहित्यकार अस्कर वाइल्ड गम्भीर कारबाहीमा परेका थिए । जब उनका समलिंगी सम्बन्धका पोलहरू एकपछि अर्को गर्दै खुल्दै गए, तब कानुनको दृष्टिमा उनी सजायका भागीदारसमेत बन्न पुगेका थिए ।
 

अस्कर वाइल्डका एक दाजु थिए । उनकी आमाले दोस्रो सन्तानका रूपमा छोरी चाहेकी थिइन् । उनको रहर छोरीमै थियो । तर, जन्मिए छोरा अस्कर वाइल्ड । उनकी आमाले छोरीको रहर पूरा गर्न अस्कर वाइल्डलाई सानैदेखि छोरीको व्यवहार गरिन् । छोरीलाई गर्नेजस्तै माया गरिन् । यहाँसम्म कि उनले छोरीलाई लगाउने कपडा छोरालाई लगाइदिन थालिन् । छोरीलाई गरिने अपार स्नेह र ममतामै उनी हुर्किन पुगेका थिए । 

उनी अनुहारमा सुन्दर थिए र पढाइमा पनि प्रतिभाशाली थिए । स्कुल होस् वा कलेज, उनले आफूलाई अब्बल विद्यार्थीका रूपमा प्रस्तुत गरे । उनको आकर्षक व्यक्तित्वका कारण साथीभाइ उनका वरिपरि झुम्मिने गर्थे । उनी रसिला र फरासिला स्वभावका थिए । हत्तपत्त कसैसँग रिसाउँदैनथे । जिस्किने र छिल्लिने स्वभाव पनि उनमा थियो । सुरुमा केटीहरूसँग त्यति धेरै नबोल्ने उनी पछि संगत बढ्दै गएपछि केटी साथीसँग छिल्लिएर गफ गर्न खुबै रमाउँथे । 

यसैक्रममा फ्लोरी नामकी युवतीसँग उनको भेट भयो । ती युवती निकै सुन्दरी थिइन् । दुवैजना एक–अर्काप्रति आकर्षित भए । छोटो समयमा दुवै एक–अर्कामा प्रेम गर्न थाले । प्रेम बढ्दै गएपछि अस्कर वाइल्डले उनीसँग विवाह गर्ने इच्छा गरे । तर, उनको इच्छा पूरा भएन । फ्लोरीकोे विवाह अर्कैसँग भयो । उनलाई विवाह गर्ने व्यक्ति पनि लेखक नै थिए । उनी ‘ड्राकुला’का लेखक ब्राम स्टोकर थिए । ‘ड्राकुला’ले खुबै चर्चा पाएपछि ब्राम स्टोकरले ‘ड्राकुला गेस्ट’, ‘द लेयर अफ द ह्वाइट वर्म’, ‘द ज्वेवेल अफ सेभेन स्टार्स’ आदि किताब लेखेका थिए । अस्कर वाइल्ड फ्लोरीले आफूलाई धोका दिएर ब्राम स्टोकरसँग विवाह गरेकोमा निकै दुःखी बने । उनी फ्लोरी  र ब्रामप्रति निकै क्रुद्ध पनि बने । 

केही समयपछि उनी अर्की युवती लिलीप्रति आकर्षित भए । लिली पनि निकै सुन्दरी थिइन् । उनी फिल्मकी नायिकासमेत थिइन् । अस्कर वाइल्डले लिलीलाई मन पराए पनि लिलीले भने उनलाई त्यति धेरै महत्व  दिइनन् । तैपनि अस्कर वाइल्डले लिलीलाई पछ्याइरहे । लिलीलाई पछ्याइरहेकै समयमा अन्य केटीसमेत उनको आकर्षणमा परे । तर, अन्तमा तिनीहरू कुनै पनि उनका सच्चा प्रेमिका बन्न सकेनन् ।

उनको सम्बन्ध सबैसँग टुट्यो । त्यसवेला उनी अक्सफोर्ड कलेजमा पढ्दै थिए । जुनसुकै सुन्दरी युवतीसँग प्रेम–सम्बन्ध राख्न रुचाउने अस्कर वाइल्डलाई एकपछि अर्की युवतीले धोका दिएपछि उनी सम्पूर्ण युवतीप्रति नै आक्रोशित बन्न पुगे । उनलाई ‘प्रेम’प्रति नै वितृष्णा जाग्न थाल्यो । उनी अब युवतीसँग प्रेम होइन, विभिन्न ढंगले उनीहरूको यौवनको उपभोग गर्ने ध्येयमा लागे । त्यस सिलसिलामा उनी ‘आफ्नो ध्येयमा सहयोग पु-याउने खालका राम्रा युवती कहाँ होलान् ?’ भन्दै खोजी गर्न थाले । यसै क्रममा केही सुन्दरी वेश्यासँग उनको सम्पर्क भयो । उनी वेश्यागमनमै लागे । निकै उच्च वर्गका र धनीमानी वेश्यासँगसमेत उनको सम्पर्क भयो । कुलीन वेश्यासँगको सम्बन्धमा उनी एकै रातमा लाखौँ रकम सिध्याउन थाले । 

कलेजमा पढ्दै गरेका र साहित्यमा नाम कमाउँदै गएका अस्कर वाइल्ड यसै समयमा यौनरोगबाट पीडित बन्न पुगे । धेरै महिलासँगको यौनसम्बन्धकै कारण जननेन्द्रियमा खटिरा आउने रोगले उनलाई सतायो । उनी सरुवा रोगका रूपमा रहेको भिरंगी रोगले पीडित बने । औषधोपचारबाट उनको रोग तत्कालका लागि निको भयो । उनले यस रोगबाट बच्नका लागि वेश्यागमनको काम छोड्नुपथ्र्यो, तर उनले वेश्यागमनलाई फेरि पनि जारी राखे । 

उनी उपयुक्त केटी पाएमा विवाह गर्ने पक्षमा थिए । केटीको खोजी पनि गरे । तर, चाहेजस्ती केटी पाएनन् । यसैबीच, उनले एकपटक न्युयोर्कमा आफ्नो मन्तव्य राख्ने अवसर पाए । त्यहाँ कन्सटान्स नामकी केटीसँग भेट भयो । दुवैले एक–अर्कालाई मन पराए । उनीहरूबीच विवाह भयो । उनीहरूका दुई छोरा पनि भए । तैपनि अस्कर वाइल्डको वेश्यागमनको क्रियाकलाप भने रोकिएन । 

विवाहको लगभग तीन वर्षपछि अस्कर वाइल्डमा फेरि उही यौनरोगको लक्षण देखाप¥यो । यसबाट उनकी पत्नी कन्सटान्स ज्यादै डराइन् । भिरंगी रोगबारे थाहा पाउनेबित्तिकै उनी आफ्ना पति अस्कर वाइल्डबाट टाढा भइन् । पति–पत्नीबीच सम्बन्ध चिसो बन्यो । उनीहरूबीच सम्बन्धविच्छेद नभए पनि भावनात्मक सम्बन्ध टुट्दै गयो । दुवै दिनप्रतिदिन टाढा बन्दै गए । 

पत्नीसमेत आफूबाट टाढा भएपछि अस्कर वाइल्ड निराशामा डुबे । उनी अब युवती मात्र होइन, महिलाप्रति नै आक्रोशित बन्न पुगे । उनी महिलालाई घृणा गर्न थाले । ‘आफ्नो सम्बन्धका लागि महिलाभन्दा पुरुष नै ठीक छन्’ भन्ने मान्यताका साथ उनी युवक पुरुषसँग सम्बन्ध बढाउन थाले । यसै सिलसिलामा रोवर्ट रोस नामको एउटा केटोसँग अस्करको सम्बन्ध भयो । उनीहरूबीच पति–पत्नीजस्तो गाडा सम्बन्ध रह्यो ।

यही नै वेला बोसी नामको अर्को युवकसँग पनि उनको भेट भयो । अस्कर वाइल्डकै साथी क्विन्सबेरीका छोरा थिए बोसी । उनीसँग पनि अस्करको सम्बन्ध अत्यन्तै नजिकको रह्यो । अस्कर–बोसीबीचको सम्बन्ध निकै लामो समयसम्म रह्यो । उनीहरूको सम्बन्धलाई अरूले निकै अनौठो मानेका थिए । यी दुईको सम्बन्ध यति गाढा रहनुको रहस्य भने निकै पछि मात्र खुल्यो । 

अस्कर र बोसी हरक्षण सँगै बस्ने मात्र होइन, छोटो वा लामो यात्रामा पनि सँगसँगै जाने गर्थे । यसै सिलसिलामा उनीहरू घुम्दै अल्जेरिया पुगेका थिए । उनीहरू एउटा होटेलमा बसेका थिए । त्यहाँ अचानक फ्रान्सका लेखक आन्द्रे पाउल गाइड आइपुगे । अस्कर वाइल्डजस्तो एउटा चर्चित लेखकसँग भेट भएकोमा आन्द्रे निकै खुसी भए ।

आन्द्रे भर्खरै लेख्न थालेका थिए । उनको ‘द नोट बुक्स अफ एन्ड्रे वाल्टर’ प्रकाशित थियो भने ‘फ्रुट्स अफ द अर्थ’ शीर्षकको गद्य–पद्य संकलन निस्कने क्रममा  थियो । अस्कर वाइल्ड बितेको पनि ४७ वर्षपछि सन् १९४७ मा आन्द्रे पाउलले नोवेल पुरस्कार पाएका थिए । लेखन र उमेर दुवैमा आफूभन्दा धेरै कनिष्ठ भए पनि अस्कर वाइल्डले आन्द्रेलाई माया गरे । छोटो भेटमै अस्कर र आन्द्रे नजिकका मित्रजस्तै बन्न पुगेका थिए । 

आन्द्रे पाउल लेखकमात्र थिएनन्, समलिंगी आन्दोलनका अभियन्ता पनि थिए । त्यसैले उनले अस्कर वाइल्ड र बोसीको सम्बन्धबारे गम्भीर चासो राखे । अस्कर वाइल्ड पनि समलिंगी भएको रहस्य उनले पत्ता लगाएरै छाडे । त्यो कुरो पत्तो लागेको दिन आन्द्रे पनि अस्कर वाइल्ड र बोसीकै कोठामा सुतेका थिए । 

यसपछि अस्कर वाइल्ड समलिंगी भएको खुलासा भयो । यो कुरा एकाएक सबैतिर फैलियो । तर, उनले त्यसलाई कुनै महत्व दिएनन्, बरू सामान्य रूपमा लिए । अस्कर र बोसी अल्जेरियाबाट लन्डन आइपुगे । लन्डनमा थिए अस्कर वाइल्डका मित्र अल्फ्रेड टेलर । अस्कर र बोसीले टेलरलाई भेटे । टेलर आफैँ पनि महिलाको पोसाकमा ‘लैंगिक आनन्द’ प्राप्त गरिरहेको मान्यता राख्थे । उनले समलिंगी अस्कर वाइल्डलाई चाहेजस्तै सहयोग पु-याए ।

नयाँ–नयाँ केटा उपलब्ध गराउने काम टेलरले गरे । तिनमा केही फोहोरी केटा पनि पर्थे । तर, अस्कर वाइल्ड फोहोरको कुनै मतलब राख्दैनथे । ती केटाहरू जतिसुकै फोहोरी होऊन्, उनी तिनका शरीर सबै चाटेर आनन्द लिन्थे । धेरै दिनदेखि ननुहाएका र दुर्गन्धित शरीर भएका युवकको शरीर चाट्न पाउँदा उनी अझै खुसी हुन्थे । उनको यस्तो क्रियाकलाप लन्डनमा धेरै दिनसम्म चल्यो । अस्कर वाइल्ड समलिंगी भएको कुरा लन्डनभरि फैलियो ।   

लेखनमा चर्चित अस्कर वाइल्ड समलिंगीका रूपमा पनि चर्चित बन्न थाले । उनी समलिंगी भएको र आफ्नो छोरो बोसी पनि उनीसँगै लागेको थाहा पाएपछि क्विन्सबेरीले आफ्नो छोरोलाई सम्झाए । छोरोसँगै उनले आफ्नो प्रिय मित्र अस्कर वाइल्डलाई पनि त्यस्तो काममा नलाग्न सल्लाह दिए । तर, अस्कर वाइल्डले क्विन्सबेरीको कुरालाई एक कानले सुनेर अर्को कानले उडाइदिए । उनलाई अस्कर वाइल्डको त्यस्तो हठ मन परेन ।

उनलाई त्यस्तो कामबाट कसरी छुटाउने होला भन्ने चिन्तामा क्विन्सबेरी परे । उनले एकदिन एउटा उपाय सोचे । उनी अस्कर वाइल्ड नियमित जाने गरेको क्लबमा पुगे र त्यहाँको बेरालाई उनी आएपछि दिनु भनेर एउटा पत्र थमाए । त्यस दिन पनि अस्कर वाइल्ड उक्त क्लबमा आए । उनी आउनेबित्तिकै बेराले उक्त पत्र दिए । अस्कर वाइल्डले पत्र पल्टाएर हेरे । त्यसमा लेखिएको थियो– ‘अस्कर वाइल्ड भयानक व्यभिचारी हो ।’

पत्रमा उल्लेखित उक्त कुराबाट अस्कर वाइल्ड रिसले आगो भए । आफ्नै साथी क्विन्सबेरीले आफ्नो घोर अपमान गरेको ठहर उनले गरे । क्विन्सबेरीका विरुद्ध उनी मानहानीको मुद्दा हाल्न पुगे । क्विन्सबेरीलाई तत्काल गिरफ्तार गरेर दण्डित गर्नुपर्ने माग उनको थियो । उनको मागअनुसार, क्विन्सबेरीलाई गिरफ्तार गरी थुनामा राखियो । अदालतमा मुद्दा चल्यो । अस्कर वाइल्डले आफ्नो मुद्दामा वकिल राखेनन्, आफैँले वकालत गरे । क्विन्सबेरीले भने कार्सन नामका वकिल राखे ।

अदालतमा विभिन्न व्यक्तिका बयान लिइयो । बोसीले समेत आफ्ना बाबु क्विन्सबेरीका विरुद्ध बयान दिए । सबैले क्विन्सबेरी दण्डित हुने पक्का भएको अनुमान गरिरहेका थिए । तर, क्विन्सबेरीका वकिल कार्सनले निकै दर्बिला प्रमाण अदालतमा पेस गरे । उनले निजी गुप्तचरमार्फत अस्कर वाइल्डले यौनसम्बन्ध राखेका सबै केटाका नाम मात्र प्रस्तुत गरेनन्, लन्डनको सडकका गरिब भरिया, रिक्सावाला र पत्रिका बेच्ने हकरलाई समेत पैसा र उपहार दिने लोभ देखाएर समलिंगी सम्बन्धमा यौनशोषण गरेका प्रमाण पेस गरे । त्यस मुद्दामा पहिले क्विन्सबेरी दण्डित हुने र अस्कर वाइल्डले न्याय पाउने हल्ला चलेको थियो । तर, पछि अस्कर वाइल्ड दण्डित हुने र क्विन्सबेरीले न्याय पाउने हल्ला चल्यो ।

अस्कर वाइल्डले मुद्दा हार्ने निश्चित देखिएपछि उनका आफन्तले भागेर अन्य मुलुकमा जान उनलाई सुझाब दिए । तर, उनी मानेनन् । आफूलाई कसैले केही गर्न नसक्ने अहम् उनमा थियो । तर, अदालतले क्विन्सबेरीलाई दोषी नठानी रिहा ग-यो । उनको रिहाइबाट अस्कर वाइल्ड नै दोषी रहेको संकेत अदालतले ग-यो । अदालतको फैसला भने बाँकी नै थियो । 
यस घटनामा अस्कर वाइल्ड नै दोषी रहेको संकेत अदालतले गरेपछि फेरि पनि उनका आफन्त र साथीभाइले इज्जत जोगाउन अन्यत्र भाग्ने सल्लाह दिए ।

फेरि पनि उनले अरूको सल्लाहलाई मानेनन् लाजसरम र बेइज्जतीको उनले कुनै पर्वाह गरेनन् । अदालतमा अन्तिम बहस सुरु भयो । अस्कर वाइल्डले समलिंगी सम्बन्ध राखेका सबै युवा एक–एक गरी अदालतमै उपस्थित गराइए । युवाहरूले आफूहरूलाई विभिन्न प्रलोभनमा अस्कर वाइल्डले मुखमैथुनसमेत गर्न लगाएको बयान दिए । लन्डनको सडकका भरियाले समेत आफ्नो गरिबी र निरीह अवस्थाको फाइदा अस्कर वाइल्डले लिएको भनाइ अदालतसमक्ष प्रस्तुत गरे । उनी नियमित जाने गरेको क्लबका महिला कामदारले समेत उनकै विपक्षमा बयान दिइन् । अस्कर वाइल्डले मुद्दा हारे । उनलाई कठोर श्रमदानसहित दुई वर्षको जेल सजाय भयो । 

जेलबाट रिहा हुँदा अस्कर वाइल्डको अनुहार निकै लज्जित थियो । उनी निकै थकित र उदास देखिएका थिए । उनी पहिलेजस्तै शिर ठाडो पारेर सार्वजनिक ठाउँमा देखापर्न सकेनन् । केही साथीभाइले समेत उनलाई गलत दृष्टिले हेर्न थाले । उनकै सर्वसाधारण पाठकले समेत ‘अस्कर वाइल्ड त त्यस्ता पो रहेछन् हगि ?’ भनेर सार्वजनिक टिप्पणी गर्न थाले । आफ्नो इज्जतमाथि ठूलो धक्का लागेको महसुस उनले गरे ।

दिनप्रतिदिन आफ्नो अपमान र बेइज्जती बढ्दै गएको अनुभव उनलाई भयो । लेखनबाट निर्माण गरेको छविमा चारैतिरबाट कालोमोसो दलिएझैँ उनलाई लाग्यो । उनी लाजले गर्दा आफन्त, साथीभाइ र चिनजानका पाठकअगाडि देखापर्न पनि डराउन थाले । उनी अन्य मुलुकतिर लाग्ने निर्णयमा पुगे, तर यो कुरा कसैलाई भनेनन् । अस्कर वाइल्ड अचानक फ्रान्सको पेरिस पुगे । लाजका कारण कसैलाई थाहै नदिई उनी लुसुक्क फ्रान्सतिर भागेका चर्चा भए । 

उनले पत्नी कन्सटान्सलाई पनि ‘अब मिलेर बसौँ’ भनेर पेरिसमा बोलाए । तर, पहिलेदेखि नै अलग रहेकी पत्नी कन्सटान्सले ‘थप बेइज्जती सहन तिम्रो साथमा आउँदिन’ भनेर जवाफ फर्काइन् । पतिका कारण आफूले व्यहोर्नुपरेको अपमानलाई सहन नसकी कन्सटान्सले आफ्नो नामसमेत परिवर्तन गर्न पुगेकी थिइन् । तैपनि अस्कर वाइल्डसँग जोडेर आफ्नो बदनामीको चर्चा जारी रहेपछि उनको जीवन सुखी र शान्त रहन सकेन । अन्तमा उनी पनि देश छाडेर हिँडेकी थिइन् । पत्नीले समेत वास्ता नगरेपछि अस्कर वाइल्ड एक्लै परे । उनलाई साथ दिने कोही भएनन् ।

पेरिसमा उनका अर्का साथी थिए अर्नेस्ट डाउसन । उनी कवि थिए । अस्कर वाइल्ड एक्लै झोक्राएर बसेको देखेपछि उनलाई दया लाग्यो । उनलाई हिम्मत नहार्न डाउसनले नै सुझाब दिए । उनले निराश नहुन र आनन्दका साथ जिन्दगी बिताउन प्रोत्साहित गरे । यसै सन्दर्भमा उनले केही वेश्यासँग अस्कर वाइल्डलाई परिचित गराए । अस्कर वाइल्ड फेरि वेश्यागमनमा लागे । उनको दिनचर्या फेरि पहिलेकै जस्तो वेश्यागमनमै बित्न थाल्यो । 

अस्कर वाइल्ड फेरि पनि, तेस्रोपटक यौनरोगबाट पीडित भए । सन् १८५४ मा आयरल्यान्डको राजधानी डब्लिनको वेस्टल्यान्ड रोमा जन्मिएका अस्कर वाइल्डको सन् १९०० मा फ्रान्सको राजधानी पेरिसमा मृत्यु भएको थियो । मर्नुभन्दा केही समयअघि उनले आफू र आफ्नो लेखकीय जीवनलाई भित्तामा टाँसिएको बुट्टेदार कागजसँग तुलना गर्न पुगेका थिए । उनले भनेका थिए, ‘म र मेरो भित्तामा टाँसिएका कागजका बीच युद्ध चलिरहेको छ । दुईमध्ये एउटाको अन्त अनिवार्य छ ।’

यस्तो भनेको केही समयपछि नै उनको निधन भयो । उनीसँगै उनलाई फेरि वेश्यागमनमा प्रेरित गर्ने कवि अर्नेस्ट डाउसनको पनि ३३ वर्षकै उमेरमा त्यही वर्ष निधन भएको थियो । लेखकका रूपमा विश्वचर्चित र सम्मानित अस्कर वाइल्डको जीवनको अन्तिम क्षण निकै नै दुःखदायी रह्यो । भिरंगीजस्तो यौनरोगको पीडामा ४६ वर्षको अल्पायुमै उनको निधन हुन पुगेको थियो । 

सम्पादकको रोजाइ

सुझावित समाचार