२०औँ शताब्दीको अन्त्यमा शक्तिशाली मानिसले तिनका प्रतिद्वन्द्वीलाई निसाना बनाउन कसरी न्यायिक प्रणाली प्रयोग गर्छन् भन्ने कुरालाई व्यक्त गर्न ‘कानुन’ र ‘युद्ध’को संयोजनमा ‘कानुनी युद्ध’ पदावली आमप्रचलनमा आयो । यसले न्याय सुनिश्चित गर्ने जिम्मेवारी पाएकै संस्था बलशालीहरूको राजनीतिक उद्देश्य पूरा गर्ने औजारमा परिणत भएको तथ्यतर्फ संकेत गर्छ । न्यायिक युद्धमा प्रयोग हुने रणनीतिअन्तर्गत कुनै आधारविना मुद्दा लगाउने, मुद्दा चलाइएकाहरूलाई लामो समय कानुनी झमेलामा फसाइदिने, विरोधको आवाज उठाउनेहरूलाई बदनाम गर्ने गरी मिडिया अभियान सञ्चालन गर्ने, मिथ्या सूचना र अन्तर्राष्ट्रिय कानुनलाई लत्याएर हिँड्नेजस्ता हतकन्डा पर्छन् ।
ल्याटिन अमेरिकामा पर्यावरण संरक्षणका लागि काम गर्नेहरू र आफू बसोवास गरिरहेको भूमि बहुराष्ट्रिय व्यवसायीहरूबाट कब्जा हुन नदिन लडिरहेका आदिवासीहरूको अपराधीकरण र जेल सजायले व्यापकता पाएको छ । ग्वाटेमालाका मेरो पुस्ताका लेखकका लागि संस्थागत भ्रष्टाचार र नश्लवादजस्ता राज्य–हिंसाले देशको इतिहासलाई चित्रण गर्दछ । यही विषयवस्तु हामी सबैले जीवनकालभरि अनिवार्यजस्तै भोग्दै र सुन्दै आएका छौँ । मेरा प्रारम्भिक कथा र उपन्यास ग्वाटेमालाको हिंसात्मक वातावरणबीच हुर्के ।
मेरा एकजना काका सन् १९८० को जनवरी ३१ मा दिनदहाडै ग्वाटेमालास्थित स्पेनी दूतावास कब्जा प्रकरणमा मारिए । उनीसँगै माया समुदायका नेताहरूको एक समिति नै जलाएर मारिएको थियो, जो ग्वाटेमालाको सेनाले तिनको गृहक्षेत्रमा गरेका गम्भीर मानव अधिकार उल्लंघनको शृंखलाको निन्दा गर्न राजधानी आएका थिए । ती दमनले माया इक्सिलको नरसंहारको सुरुवातलाई संकेत गर्नेछ । भर्खरै कब्जामा लिइएको दूतावासबाट फोन आएपछि, २० को हाराहारीका म र मेरी बहिनी मगली काकालाई मुटुको औषधि पुर्याउन गएका थियौँ । काका दूतावासमा अन्तर्राष्ट्रिय न्यायिक सम्मेलनको आयोजना गर्ने क्रममा अनाहकमा बन्धक बनेका थिए ।
धेरै अभियन्ता, पत्रकार र लेखकलाई कैयौँ काल्पनिक अपराधका लागि झ्यालखाना पुर्याउने देखाउँछ । राज्यहिंसा, नश्लवाद र भ्रष्टाचारजस्ता कानुनी विकृतिले दशकौँदेखि म र मेरा पुस्ताका धेरै सहकर्मीको लेखनलाई पोषित गर्यो । यी विकृतिको विश्वभर बढ्दो ट्रेन्डले सम्भवतः झ्यालखाना पछाडिबाट लेखिने साहित्यको नयाँ लहरलाई प्रेरित गर्नेछ ।
राष्ट्रिय प्रहरीका अधिकारीले हालेको घेराले हामीलाई दूतावास भवनभित्र जानबाट रोक्यो । केही बेरअघि त्यहाँ आइपुगेका एक शीर्ष पत्रकारले हामीलाई प्रहरी दूतावासभित्र आक्रमणको तयारीमा रहेको चेतावनी दिए । त्यसको केही समयपछि हातहतियार बोकेको प्रहरीको एक समूह दोस्रो तलाको बाल्कोनीमा चढिरहेको देखियो । लगत्तै ठूलो विस्फोटको आवाज सुनियो र धुवाँको कालो मुस्लो झ्यालबाट बाहिर निस्कियो । दूतावासको ६० फिटभन्दा बढी टाढा रहेका हामीसम्म जलेको मासुको गन्ध आउन धेरै बेर लागेन ।
३७ जना जलाएर मारिएको त्यो दिनको सम्झनाले मलाई अझै सताउन छाडेको छैन । एकपटक म यस्तो दुःस्वप्नबाट ब्युँझिएकी थिएँ, जसमा म काकाको जलेको शरीरबाट मासु निकाल्दै खाइरहेकी थिएँ । यस्तो लाग्यो, मभित्रको लेखक बन्ने इच्छाले आफूवरिपरिको हिंसालाई एकप्रकारको साहित्यिक खुराक बन्न सक्ने ठान्न थालेछ । प्राकृतिक संसारको विनाश र त्यससँगै जारी भ्रष्टाचार मेरो लेखनमा दोहोरिरहने विषय हुन् । स्पेनिस भाषामा छापिएको मेरो पहिलो उपन्यास ‘लो क्वे सोनो सेबास्टियन (सेबोस्टियनले के सपना देख्छ)’ आदर्शवादी सहरी युवक तथा वातावरणविद् सेबास्टियन सोसा र पेटेन जंगल मास्ने परिवारबीचको द्वन्द्वबाट सुरु हुन्छ । सोसाले आफ्नो मूल्य लागू गर्न खोज्दा ऊ र ऊ वरपरका मानिसका लागि विनाशकारी परिणामहरू निम्तिन्छ ।
सन् १९८० को दशकको सुरु र मध्यमा, ग्वाटेमालामा माया इक्सिलको नरसंहारको केही समयपछि, शक्तिशाली जमिनदारहरूले जंगलको ठूला भाग काटेर त्यसै छाडिदिए । त्यो भूमि उखु र अफ्रिकी पाम (तेल) उब्जाउन र गाईवस्तुको चरनमा रूपान्तरण गर्न त्यसरी छाडिएको थियो । जनरल इफ्रेन रियोस मोन्टको शासनकालमा (जसलाई ३० वर्षपछि नरसंहार र मानवताविरुद्धको अपराधमा दोषी ठहराइयो), मेरी बहिनी मगलीले सेन्ट फ्रान्सिस, रेचेल कार्सन र चिफ सियाटलका लेखनहरूबाट प्रेरित भएर ग्वाटेमालाको पहिलोमध्येको एक पर्यावरणीय गैरसरकारी संस्था ‘डिफेन्सोरेस डे ला नाटुरालेजा’ स्थापना गरिन् । ऊ र उसका साथीहरूले मिलेर प्रभावशाली व्यक्तिहरूको समूहलाई देशका सबै भागमा संरक्षित क्षेत्र बनाउनुपर्ने आवश्यकताबारे बुझाए ।
सन् १९८६ मा, सैन्य तानाशाहको लामो शृंखलापछि बनेको ग्वाटेमालाको पहिलो निर्वाचित सरकारले देशको प्राकृतिक भण्डारहरूको शोषणलाई निषेध गर्यो । वन क्षेत्रलाई पहिलेदेखि फर्निचर उद्योग र कागज कम्पनीको विकासका लागि अनिवार्य ठानिन्थ्यो । फलस्वरूप, मगलीलाई उसकै सामाजिक सर्कलका मानिसले सरकारको नयाँ कदम प्रेरित गर्ने विकासविरोधीको संज्ञा दिए । उनलाई विकास रोकेर प्रकृतिको संरक्षणमा प्रतिबद्ध विश्वासघाती रूपमा इंगित गर्न थालियो । प्रेसमा, उनलाई कम्युनिस्ट, मानसिक रूपमा विक्षिप्त ‘पर्यावरण संरक्षक’ वा पर्यावरणीय–आतंकवादी भनियो ।
मेरो सबैभन्दा पछिल्ला उपन्यासहरूमध्ये एक ‘एल पाइस डे टु’ (टुको देश) कानुनले संरक्षण गरेको विनाशकारी खानी उद्योगविरुद्ध माया जातिले गरेको प्रतिरोधको वरिपरि घुम्छ । यस शताब्दीको सुरुमा, ग्वाटेमालाका थोरै मात्रै मानिस ठूला खाडल बनाएर गरिने खानी उत्खननको विनाशकारी, अपरिवर्तनीय प्रभावबारे सचेत थिए । त्यही समय केही खानी कम्पनीले विशाल जमिन किनेर राख्न थाले । खानी उत्खनन सुरु हुनुभन्दा केही वर्षअघि खानी क्षेत्रलाई नियमन गर्न भन्दै एउटा कानुनको मस्यौदा तयार पारिएको थियो । मस्यौदा बनाउन केही कानुनी विशेषज्ञको सहयोग लिइएको थियो जो खानी कम्पनीकै कर्मचारी थिए ।
एउटा सरकारी वातावरणीय प्रभाव अध्ययनका अनुसार, त्यस कानुनले क्यानडाको शक्तिशाली खानी कम्पनी ग्लामिस गोल्डको शाखा मोन्टाना एक्स्प्लोराडोरालाई कुनै शुल्क नलिई खानी उत्खनन गर्न दिएको थियो । सोही कानुनले खानी कम्पनीलाई उत्खननका क्रममा ग्वाटेमालाको पश्चिमी उच्चमैदानी क्षेत्रमा अवस्थित विपन्न नगरपालिका सिपाकापाको पानीको स्रोतमा साइनाइड र अन्य हानिकारक रासायनिक उत्पादन फाल्ने छुट दियो । एक परिवारले मासिक औसत १३२० ग्यालन पानी खपत गर्ने सिपाकापामा दैनिक १६ लाख ग्यालन पानी प्रदूषित गरियो ।
ग्वाटेमालाको खनिज भण्डार मानिने पश्चिमी उच्च समस्थली क्षेत्र माया समुदायको उच्च जनघनत्व भएको क्षेत्र पनि हो । सन् १९९६ यता ग्वाटेमालाले खनिज अन्वेषण र दोहनका लागि करिब तीन सय इजाजतपत्रको अनुरोधलाई अनुमोदन गरेको छ । र, खानी उत्खननको विरोध गर्ने क्रममा माया जातिका कैयौँ अभियन्ताको हत्या गरिएको छ । अरू धेरैलाई आतंकवाद, चोरी, सडक अवरोध वा अन्य कुनै आरोपमा अभियोग लगाउँदै जेल हालिएको छ । तर, तिनको खास अपराध भने आफू बसिरहेको भूमिमाथि भइरहेको अतिक्रमणको प्रतिरोध गर्नु हो ।
ग्वाटेमालाको माया समुदायका क्षेत्रमा देखिएकोजस्तै संघर्ष मेरो उपन्यास ‘टुको देश’मा हुन्छन् । उपन्यासमा भ्रष्ट संस्था देखाइएको छ, जुन आज ग्वाटेमालाको माथिल्लो अदालतजस्तै देखिन्छ, जहाँका न्यायाधीशहरू खुल्लमखुला राजनीतिक रूपमा शक्तिशाली समूह र संगठित अपराधीसँग मिलेका देखिन्छन् । तीमध्ये केही अमेरिकाले सन् २०२१ देखि निकाल्दै आएको एन्जेल सूचीमा पनि समाविष्ट छन्, जहाँ ल्याटिन अमेरिकाका भ्रष्ट र अलोकतान्त्रिक खेलाडीलाई राखिन्छ ।
मेरो उपन्यास स्थापनादेखि नै राजनीतिक भ्रष्टाचारमा डुबेको मध्यअमेरिकीमा एक सानो माया जातिको राष्ट्रको जन्मसँगै समाप्त हुन्छ । ४० वर्षअघिजस्तै अहिले (सम्भवतः सधैँ नै) यथार्थ र काल्पनिक एक–अर्कामा रूपान्तरण गर्न सकिने देखिन्छ । कानुनी युद्ध विश्वभर फैलिरहेको छ, संयुक्त राज्य अमेरिकामा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को चुनावी परिणामलाई न्यायिक रूपमा उल्ट्याउने प्रयास गरे । रसियामा राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन आक्रमणको औचित्य पुष्टि गर्न प्रयोग गरिएका झुटमाथि प्रकाश पार्ने स्वतन्त्र पत्रकारहरूलाई जेल हाल्न कानुनलाई प्रयोग गरिरहेका छन् । नाइजेरियादेखि केन्यासम्म, इजरायलदेखि चीनसम्म कानुन शक्तिशालीको हातको हतियार बनेको छ ।
ग्वाटेमालामा गत अगस्टमा भएको राष्ट्रपतीय निर्वाचनमा मध्यवामपन्थी विपक्षी उम्मेदवारको जितपछि, दण्डहीनताविरुद्धको विशेष अभियोक्ताको कार्यालयका मुख्य अभियोजकले (जो मध्यअमेरिकाको भ्रष्टको एंगेल सूचीका एक प्रतिष्ठित सदस्य हुन्) विजेताको दलविरुद्ध कानुनी कदमको शृंखला नै घोषणा गरे ।
मुख्य अभियोजकले निर्वाचित राष्ट्रपति र उनको दलले चुनावी सूचीमा गलत तथ्यांक दिएको आरोप लगाएका छन् । यस विकासक्रमले आगामी वर्ष, न्यायलाई राजनीतिक खेलमा परिणत गर्ने प्रवृत्तिले थप धेरै अभियन्ता, पत्रकार र लेखकलाई कैयौँ काल्पनिक अपराधका लागि झ्यालखाना पुर्याउने देखाउँछ । राज्यहिंसा, नश्लवाद र भ्रष्टाचारजस्ता कानुनी विकृतिले दशकौँदेखि म र मेरा पुस्ताका धेरै सहकर्मीको लेखनलाई पोषित गर्यो । यी विकृतिको विश्वभर बढ्दो ट्रेन्डले सम्भवतः झ्यालखाना पछाडिबाट लेखिने साहित्यको नयाँ लहरलाई प्रेरित गर्नेछ ।रोड्रिगो रे रोजा ग्वाटेमाला सिटीमा जन्मिएर सोही सहरमा हुर्किकी लेखिका हुन् । उनका पाँचवटा कथासंग्रह र एक दर्जन उपन्यास प्रकाशित छन् ।
(न्युयोर्क टाइम्सबाट श्रवण उप्रेतीको अनुवाद)