लाउरेको राजनीति

चाउरे कार्की चाउरे कार्की
शनिबार, २० असोज, २०८०
डिजिटल संस्करण

चाउरे देशका लाउरे नेता 
बाउरे कर्मचारी
गरिब देशका टाठाबाठा 
खान्छन् सोझा मारी 

कोही अक्षर नपढी अन्धा
कोही पढी अन्धा 
देश दुनियाँ नदेख्नेहरू 
गर्छन् स्वार्थी धन्दा 

कोही भाइ मन्त्री भया 
कोही भाइ चोर
साँच्चै नेपाल स्वर्ग हुन्थ्यो 
सबको मिले स्वर 

ओली नेपाल देउवा दाहाल 
एकै ड्याङका मुला 
राजनीति कुर्सीको मात्रै 
मै हुँ भन्छन् ठूला 

विकासको नाममा बदमासी 
गर्न जानेका छन् 
घुसखोरी भ्रष्टचारीलाई 
संरक्षण दिँदै खान्छन्

धनका गरिब जनता भए 
मनका धनी नेता 
जनतालाई सुशासन दिने 
ढंग छैन त्यता

पीडित र गरिबका 
पीडा बुझ्न चाहँदैनन् 
भ्रष्टाचार र बेथितिसँग 
जुध्न चाहँदैनन् ।
जुम्ला, हिमा– ६

सम्पादकको रोजाइ

सुझावित समाचार