• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७९ जेठ १ आइतबार ०९:५९:००
निर्वाचन

सिमकोट– २ मा कांग्रेसका बोहरा विजयी

२०७९ जेठ १ आइतबार ०९:५९:००

हुम्लाको सिमकोट गाउँपालिका– २ को वडाध्यक्षमा गठबन्धनबाट देवजंग बोहरासहित प्यानल नै विजयी भएका छन्। खसेको ७६६ मतमध्ये ३७० मत ल्याएर बोहरा विजयी भएका हुन्। उनका प्रतिस्पर्धी गोरख विष्टले २७२ मत ल्याए।

बोहरा नेपाली कांग्रेसका तर्फबाट विजयी भएका हुन्। उनी ०७४ सालमा पराजित भएका थिए। यो वडामा गठबन्धनका सबै सदस्य विजयी भएका छन्। हालसम्म सिमकोटको वडा १ र २ को मतगणना सम्पन्न भएको छ।