लुम्बिनीमा नयाँ सरकार गठन गर्न आह्वान

सोमबार साढे ६ बजेसम्म दाबी पेस गर्न प्रदेश प्रमुखले दलहरूलाई दिए समयसीमा

आइतबार, ६ साउन, २०८१
डिजिटल संस्करण
लुम्बिनीमा नयाँ सरकार गठन गर्न आह्वान

फाइल तस्बिर ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार राजीनामा दिएसँगै नयाँ सरकार गठनको आह्वान भएको छ। 

प्रदेश प्रमुख अमिक शेरचनले सोमबार साँझ साढे ६ बजेसम्मका लागि समय दिएर नयाँ सरकार गठनको दाबी पेस गर्न आह्वान गरेका हुन्। 

उनले संविधानको धारा १६८ (२) बमोजिमको नयाँ सरकार गठनका लागि प्रदेश सभामा रहेका दलहरूलाई आह्वान गरेका छन्। 

लुम्बिनीमा एमालेको नेतृत्वमा सरकार गठन गर्ने एमाले–कांग्रेसबीच सहमति बनिसकेको छ। त्यसैले, कांग्रेसको सहयोगमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्ने तयारीमा एमाले जुटिसकेको छ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ, जहाँ एमालेका २९ र कांग्रेसका २७ सांसद छन्।

सुझावित समाचार