लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

बुधबार, १२ असार, २०८१
डिजिटल संस्करण

लुम्बिनी प्रदेशको आर्थिक वर्ष ०८१/८२ को बजेट बहुमतले पारित भएको छ। प्रदेश सभाको बुधबारको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो।

प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।

उक्त प्रस्ताव ध्वनिमतले पारित भएको सभामुख तुलाराम घर्तीले घोषणा गरे।

प्रदेश सभामा यही असार १ गते आर्थिक मामिलामन्त्री आचार्यले आर्थिक वर्ष ०८१/८२ का लागि रु. ३८ अर्ब ९७ करोडको बजेट पेस गरेका थिए।

आगामी वर्ष आन्तरिक राजस्वमार्फत रु. सात अर्ब ५१ करोड, संघबाट रु. १२ अर्ब एक करोड, संघबाट सलामी दस्तुरबापत रु. ५० करोड र स्थानीय तहबाट रु. दुई अर्ब ९२ करोड प्राप्त हुने अनुमान छ। रासस

सुझावित समाचार