लुम्बिनी प्रदेश सभाबाट निजामती विधेयक पारित

शुक्रबार, २२ भदौ, २०८०
डिजिटल संस्करण

लुम्बिनी प्रदेश सभाले निजामती विधेयक पारित गरेको छ।

प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक शुक्रबार पारित भएको हो। २४औँ बैठकमा आन्तरिक मामिला तथा कानुन समितिको प्रतिवेदनसहितको विधेयक सभामा पेस गरिएको थियो।

विधेयक पारित गरियोस् भन्ने मुख्यमन्त्री डिल्ली चौधरीको प्रस्ताव सभाले पास गरेसँगै लुम्बिनी प्रदेशले निजामती ऐन पाएको हो।

शुक्रबार बसेको बैठकमा मुख्यमन्त्री चौधरीले जग्गा फुकुवामा प्रतिपक्ष दलले सहयोग गर्नुपर्ने बताएका थिए।

सुझावित समाचार