लुम्बिनीको नीति तथा कार्यक्रमको मिति सर्‍यो, २६ गते बैठक आह्वान

मंगलबार, २३ जेठ, २०८०
डिजिटल संस्करण

लुम्बिनी प्रदेश सभाको बैठक २६ जेठमा बस्ने भएको छ । यसअघि २५ जेठमा नीति तथा कार्यक्रम ल्याउने समय तोकिएको भए पनि सभामुखको निर्देशनअनुसार २६ जेठमा बैठक सारिएको हो।

प्रदेश सभा सचिव दुर्लभकुमार पुनका अनुसार बैठक शुक्रबार बिहान साढे ११ बजेदेखि सुरु हुनेछ । दोस्रो अधिवेशनको पाँचौँ बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी छ ।

लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम ३ को उपनियम (३) बमोजिम बैठक आह्वान गरिएको हो।

सुझावित समाचार