लुम्बिनीमा मुख्यमन्त्री गिरीको सरकार ढल्यो

विश्वासको मतको पक्षमा ३३ मत मात्रै

सोमबार, ११ बैशाख, २०८०
डिजिटल संस्करण

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री लीला गिरी नेतृत्वको सरकार ढलेको छ। मुख्यमन्त्री गिरीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार ढलेको हो।

आज सोमबार प्रदेश सभामा भएको मतदानमा गिरीको विपक्षमा ५३ मत परेको छ। बहुमतका लागि ४४ मत आवश्यक पर्नेमा गिरीले जम्मा ३३ मत मात्र प्राप्त गरे।

मत विभाजनपछि सभामुख तुलाराम घर्तीमगरले परिणाम घोषणा गर्दै लुम्बिनी प्रदेशमा सांसदहरूको संख्या ८७ रहेकोमा विश्वासको मतको पक्षमा ३३ र विपक्षमा ५३ मत परेको बताए। उनले  मुख्यमन्त्रीले पेस गरेको प्रदेश सभामा आफूमाथि विश्वास छ भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको घोषणा गरे।

सुझावित समाचार