मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १४:१३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

अछाम पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:१३:oo

अछामलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जन्मेदेखि १५ महिनासम्मका तीन हजार चार ७२ र १६ देखि ५९ महिनासम्मका नौ हजार सात सय ३० बालबालिकाहरुले पूर्ण खोप पाएपछि शुक्रबार अछामलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । जिल्ला सदरमुकाम मंगलसेनमा आयोजित कार्यक्रममा जिल्ला खोप समन्वय समिति तथा जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर कुवँरले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेका हुन् । 

जिल्लाका सबै दश स्थानीय तह पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएपश्चात वार्षिक नियमित कार्यक्रमअन्त्रगत जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता दिगोपना  घोषणा गरिएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षमा जिल्लाको रामारोशन गाउँपालिकामा जन्मेदेखि १५ महिनासम्मका खोप पाउने बालबालिकाको संख्या ३६१, १६ देखि ५९ महिनासम्मका एकहजार ९४, तुर्माखाँद गाउँपालिकामा जन्मेदेखि १५ महिनासम्मका खोप पाउने बालबालिकाको संख्या ४६३, १६ देखि ५९ महिनासम्मका एकहजार १७७, मंगलसेन नगरपालिकामा जन्मेदेखि १५ महिनासम्मका खोप पाउने बालबालिकाको संख्या दुई सय ७६, १६ देखि ५९ महिनासम्मका चार सय  र ढकारी गाउँपालिकामा जन्मेदेखि १५ महिनासम्मका खोप पाउने बालबालिकाको संख्या चार सय ९९, १६ देखि ५९ महिनासम्मका एक हजार दुई सय ६८ रहेका छन् । 

त्यस्तै चौरपाटी गाउँपालिकामा जन्मेदेखि १५ महिनासम्मका खोप पाउने बालबालिकाको संख्या तीन सय ५८, १६ देखि ५९ महिनासम्मका एक हजार एक सय ८८, कमलबजार नगरपालिकामा जन्मेदेखि १५ महिनासम्मका खोप पाउने बालबालिकाको संख्या दुई सय ९७, १६ देखि ५९ महिनासम्मका नै सय २६, मेल्लेख गाउँपालिकामा जन्मेदेखि १५ महिनासम्मका खोप पाउने बालबालिकाको संख्या दुई सय ९४, १६ देखि ५९ महिनाका नौ सय ३४, साँफेबगर नगरपालिकामा जन्मेदेखि १५ महिनासम्मका खोप पाउने बालबालिकाको संख्या तीन सय १२, १६ देखि ५९ महिनासम्मका नौ सय २७ र बान्नीगढी जयगढ गाउँपालिकामा जन्मेदेखि १५ महिनासम्मका खोप पाउने बालबालिकाको संख्या एक सय ३४ र १६ देखि ५९ महिना उमेर सम्मका एक सय ३४ बलबालिकाहरुले पूर्ण खोप पाएका छन् । स्वास्थ्य कार्यालय अछामका प्रमुख झपटराज ढुंगाले प्रस्तुत गरेको तथ्यांक अनुसार अझैपनि जन्मेदेखि १५ महिनासम्मका १६ बालबालिका सँग खोप कार्ड छैन् भने १६ देखि ५९ महिना उमेर समुहका चारजना बालबालिकाले कुनैपनि खोप नपाएको देखिन्छ ।

 घोषणा कार्यक्रममा बालबालिकाप्रति गरेको लगानी भविष्यका लागि सुनौलो काम हुने भन्दै स्वास्थ्य र शिक्षामा तीनै तहका सरकारले ध्यान दिनुपर्नेमा सहभागीले जोड दिएका थिए । दश वटै स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी, सुरक्षा निकायका प्रमुख सहितको उपस्थितिमा सम्पन्न घोषणा सभामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणामा सहयोग गर्ने कर्मचारी, स्वास्थ्यकर्मी, पत्रकार लगायतलाई सम्मान गरिएको थियो ।