मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o६:३८:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सूचना प्रविधि केन्द्रको सफ्टवेयर खरिदमा १६ करोड भ्रष्टाचार : तत्कालीन कार्यकारी निर्देशक पौडेल र ठेकेदारसहित ६ विरुद्ध मुद्दा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:३८:oo

राष्ट्रिय सूचना प्रविधि केन्द्रको सफ्टवेयर खरिदमा करिब १६ करोड रुपैयाँको भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । शुक्रबार दायर मुद्दामा केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेल र ठेकेदारसहित ६ जना प्रतिवादी छन् । 

मिलेमतोमा गुणस्तरहीन सफ्टवेयर (प्रेसेयर) खरिद गरी अनियमित रूपमा भुक्तानी दिने र लिने कार्यमा संलग्न भएकाविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । केन्द्रलाई हानि पुर्‍याउने बदनियतले निर्धारित सर्त तथा मापदण्डविपरीत गुणस्तरहीन प्रोसेसन रहेको स्टोरेज आपूर्ति गरिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । 

केन्द्रले आर्थिक वर्ष ०७६/७७ मा गुरुयोजना तयार नगरी मिलेमतोमा ‘हाई कम्पुट इन्फ्रास्ट्रक्चर’ खरिदका लागि स्पेसिफिकेसन तथा भ्याटसहित ३० करोड ९९ लाख ९९ हजार ९९९ रुपैयाँको लागत अनुमान तयार गरेको थियो । लागत अनुमानपछि बोलपत्र आह्वान गर्दा ‘वल्र्ड डिस्ट्रिब्युसन नेपाल प्रालि कान्तिपथ, काठमाडौं’को भ्याटसहित ३० करोड ६५ लाख ५५ हजार ७६३ रुपैयाँको बोलपत्र स्वीकृत गरेको थियो । 

केन्द्र र वल्र्ड डिस्ट्रिब्युसनबिच १५ माघ ०७६ मा सम्झौता भएको थियो । सम्झौतापछि खरिद प्रक्रिया अघि बढाइएको थियो । केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल, निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोख्रेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निमबहादुर वली र वल्र्ड डिस्ट्रिब्युसनका अध्यक्ष तथा प्रबन्ध–निर्देशक अरुण श्रेष्ठले आपसी मिलेमतो गरेर खरिद गरेको अख्तियारको दाबी छ । 

झुटा कागजात पेस गरी अस्वाभाविक मूल्य कायम भएको प्रोसेसरबापत १५ करोड ८८ लाख ५० हजार रुपैयाँ भुक्तानी लिए/दिएको देखिएको अख्तियारको अभियोग छ । बढी भुक्तानी दिइएको यही रकमलाई अख्तियारले बिगो कायम गरेको छ । 

अख्तियारले केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेललाई प्रमुख प्रतिवादी कायम गरेर मुद्दा दायर गरेको छ । पौडेलविरुद्ध १५ करोड ८८ लाख ५० हजार रुपैयाँ बिगो छ । सार्वजनिक संस्थाको प्रमुखको हैसियतमा उनीविरुद्ध थप सजायको मागदाबी पनि अख्तियारले गरेको छ । त्यस्तै, केन्द्रका तत्कालीन निर्देशक श्रेष्ठ, सहायक निर्देशक पोख्रेल र कम्प्युटर इन्जिनियर गायकलाई पनि १५ करोड ८८ लाख ५० हजार रुपैयाँ संयुक्त बिगो छ । केन्द्रका तत्कालीन लेखा अधिकृत वली र केन्द्र तथा त्यसका अध्यक्ष श्रेष्ठलाई पनि जनही १५ करोड ८८ लाख ५० हजार रुपैयाँ बिगो छ ।